
कुमारी बैंकले आफ्ना ग्राहाकहरुलाई थप डिजिटल सेवा विस्तार गर्दै आएको छ । बैंककले बिहीबार एक कार्यक्रम गरी मास्टर डेबिट कार्ड सार्वजनिक गरेको छ । विद्युतीय भुक्तानीलाई सहज बनाउन र ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले आज राजधानीमा विशेष कार्यक्रममार्फत कार्ड सार्वजनिक गरेको हो ।
बैंकले जानकारी दिए अनुसार अहिलेका लागि मास्टर डेबिट कार्ड नेपाल, भारत र भुटानमा प्रयोग गर्न सकिनेछ । यसमार्फत डिजिटल बैंकिङ, सुरक्षित इन्टरनेट भुक्तानी, मोबाइल बैंकिङ, कार्ड लेस बैंकिङ तथा इन्टरनेट बैंकिङको सुविधा थप सशक्त हुने बताइएको छ । मास्टर कार्ड विश्वका २१० भन्दा बढी देशमा भुक्तानी गर्न सकिने सुविधा सम्पन्न कार्ड हो । यसमा जडित साइबर सेक्युरिटी प्रविधिले नगद भुक्तानी तथा खरिदलाई सुरक्षित बनाउने दाबी गरिएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले मास्टर कार्ड टेक्नोलोजीसँग सहकार्य गरेर यो कार्ड लन्च गर्न पाउँदा ग्राहकको डिजिटल भुक्तानी प्लेटफर्मलाई विश्वव्यापी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले यसले अन्तर्राष्ट्रिय भुक्तानी अनुभव दिलाउने र डिजिटल रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
कार्यक्रममा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत अनिश ताम्रकारले मास्टर कार्डको महत्व, यसको प्रयोगका सम्भावनाहरू तथा ग्राहकलाई पुग्ने प्रत्यक्ष फाइदाबारे विस्तृत जानकारि दिदै यस डेबिट मास्टर कार्डले भौतिक तथा डिजिटल दुवै माध्यमको उपयोग सरल र सुरक्षित हुने बताएका छन् ।
त्यस्तै, मास्टर कार्डका भाइस प्रेसिडेन्ट पवन सेलले कुमारी बैंकसँग दुई वर्षदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै यस लन्चमार्फत सहकार्यलाई अझ मजबुत बनाइएको जानकारी दिए ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































