जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सीवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँट, ८ जनाले ११ कित्तासम्म पाए

सीवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँट, ८ जनाले ११ कित्तासम्म पाए

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान नक्साल स्थित आफ्नै कार्यालयमा आईपीओ बाँडफाँड गरेको हो । गोलाप्रथाको माध्यमबाट भएको बाँडफाँटमा पहिलो चरणा ३६ हजार ९४८ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । यसरी बाँडफाँट गर्दा बाँकी रहेको ८ कित्ता शेयर दोस्रो चरणमा ८ जनाले थप १ कित्ताका दरले हात पारेका छन् । यसरी हेर्दा कम्पनीको आईपीओ ८ जना भाग्यमानी आवेदकहरुले ११ कित्तासम्म प्राप्त गरेका छन् । 

कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका मध्य २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदकको हात खाली भएको छ । विक्री प्रबन्धकका अनुसार यस आईपीओ खरीदका लागि कुल २२ लाख ५ हजार ६ सय ६३ जनाले २ करोड ४५ लाख २० हजार १ सय ४० कित्ताको लागि आवेदन दिएका थिए । जुन माग भन्दा ६६.३६ गुणा बढी हो ।  

कुल आवेदकहरुमध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । योग्य २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर आईपिओ बाँडफाँड गरिएको हो । कम्पनीले बैशाख २ गतेदेखि बैशाख ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले रू. ३ करोड ९५ लाख ३३ हजार ६०० बराबरको ३ लाख ९५ हजार ३३६ कित्तामध्ये ३ लाख ६९ हजार ४८८ कित्ता आईपीओ सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । कुल कित्ता आईपीओमध्ये कम्पनीले ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । 

कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर वितरण गरेको हो । यस कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक सञ्चित नाफा रू. ६ करोड ३१ लाखभन्दा बढी छ । सो अवधिसम्म प्रतिशेयर आम्दानी रू. ६२ दशमलव ७४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ३४४ दशमलव ३६ रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीले वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज पाउनेछ । यस आधारमा कम्पनीको पहिलो शेयर कारोबार प्रतिकित्ता रू. ३४४ दशमलव ३६ देखि रू. १ हजार ३३ सम्ममा हुने देखिन्छ ।

3115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका