जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • रिलायन्स लाइफको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्तालाई सम्मान

रिलायन्स लाइफको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्तालाई सम्मान

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । बीमा अभिकर्ताको क्षमता अभिवृद्धिमा गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कम्पनीले बताएको छ । कार्यक्रममा १५० जना सहभगीमध्ये उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले बीमाको महत्व तथा सुबिधा बुझाएर मात्र बीमा गराउनु पर्ने कुरामा जोड दिए । साथै बीमाको पहुंच बढाउन अभिकर्ताको महत्वपुर्ण भुमिका रहेको समेत उनले बताए ।

संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले बीमा अभिकर्ताको क्षमता अभिवृद्धिमा सरोकारवाला सबैले ध्यान दिनुपर्ने जनाए । गलत तरिका र बिश्लेषण बाट बीमा गराएमा सम्बन्धित सबैलाई समस्या हुनुको साथै सिगो व्यबसाय प्रति नकारात्मक असर पर्ने हुनाले अभिकर्ताले बीमा बारे भरपुर जानकारी लिएर मात्र बीमा गराउनुपर्ने बताए ।

उक्त कार्यक्रममा संस्थाका सेल्स हेड सन्दीप कसजु र सुर्य प्रकाश गुप्ताले सेलिङ टिप्सको सेसन संचालन गरेका थिए ।

गण्डकी र धवलागिरी क्षेत्रका राम्रो व्यवसाय गरेका अभिकर्तालाई लक्षित गरि बीमा अभिमुखीकरण कार्यक्रम सम्पन गरिएको संस्थाका क्षेत्रिय प्रबन्धक विनोद प्रसाद त्रिपाठीले जानकारी दिए ।

3770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका