जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एमसीसीमा गठबन्धनले ढुलमुले चरित्र देखाएको ओलीको आरोप, ‘सरकारमा बसेर सडक भत्काउने!’

एमसीसीमा गठबन्धनले ढुलमुले चरित्र देखाएको ओलीको आरोप, ‘सरकारमा बसेर सडक भत्काउने!’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे सत्ता गठबन्धनले ढुलमुले चरित्र देखाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। 

कालु पाँडेको समाधीस्थल पुगेर ओलीले सत्तारुढ दलले सडक र सदन दुवैमा कब्जा गरेको आरोप लगाए।

‘सडकमा पनि आफैँ हुने सदनमा पनि आफैँ हुने। यताकालाई उठ उठ भन्ने, उताकालाई बस बस भन्ने,’ ओलीले भने। 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडकमा आन्दोलन गराएको र सदनमा एमसीसी दर्ता गराएकोमा ओली आलोचना गरेका हुन्।  

आफू लगायतका नेताहरुले गोली खाएर प्रजातन्त्र/लोकतन्त्र ल्याएको भए पनि अहिले सत्ता गठबन्धनले बदनाम गराउनका लागि सरकारमा बसेर सडक भत्काइरहेको ‌ओलीको आरोप थियो। उनले सडक भत्काउन हुँदैन भनेर आन्दोलनकारीलाई भन्ने कोही नभएको सुनाए। प्रहरीलाई समेत सरकारले रोक्ने अधिकार नदिएको ओलीको आरोप छ।

‘यो सत्तासीनहरुको दोहोरो तेहरो चरित्र हो। हामी गोली खाएर डेमोक्रेसी ल्याउने तर सत्तामा बसेर बाटो भत्काउने? हामी इतिहासलाई बदल्न दिँदैनौं। सडक नभत्काउ भन्ने कोही छैन। प्रहरी भए पनि हेरेर बस्‍नबाहेक केही दिएको छैन।’ 

एमसीसीबारे सत्तारुढ दलहरुले संसदमा पेश गर्न षड्यन्त्र मात्रै गरेको ओलीको भनाइ थियो। उनले एमालेको भूमिका के हुन्छ भन्नेबारे चाहिँ केही पनि बताएनन्। उनले सरकारले एमसीसी पास गर्नका लागि संसदमा सम्झौता नल्याइएको आइतवार आफ्ना दलका सांसदहरुलाई ब्रिफिङ गरेका थिए। नेकपा एमालेले एमसीसीबारे अहिले नै केही धारणा नल्याउने बताइरहेको छ।

4075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका