जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सानिमा लाइफद्धारा १५ लाख २० हजार मृत्यु दाबी भुक्तानी

सानिमा लाइफद्धारा १५ लाख २० हजार मृत्यु दाबी भुक्तानी

सानिमा लाइफ इन्स्योरेन्सको क्षेत्रिय कार्यालय धनगढीले आफ्नो बीमित शिगास गा पा ०५ बस्ने नयन सिंह रोकायाको श्रीमती मीना रोकाया लाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई बीमा दाबी भुक्तानी बाफतको १५ लाख २० हजार हस्तान्तरण गरेको हो ।

स्वर्गीय नयन सिंह रोकायाले २०७६ जेठ २८ गते सानिमा लाइफ धनगढी बाट पाँच लाख रुपैयाँको बीमा गरेका थिए । यस योजनामा दुर्घटनामा मृत्यु भएमा बोनश सहित तीन गुणा बीमांक र कालगतीमा मृत्यु भएमा बोनश सहित दुइ गुणा बीमांक उपलब्ध हुनेछ ।

दाबी भुक्तानी कार्यक्रममा शिगास गा.पा वडा न. ५का वडा अध्यक्ष राम बहादुर धामी, टिका धामी,धनगढी शाखा प्रमुख हेमन्त बहादुर सिंह मार्केटिंग अफिसर बिद्या सिंह ,परम्धन राना मेनेजर किसन बहादुर चौधरी,गंगा राम रानाको उपस्थिति रहेको थियो।

4500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका