जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • दिल्लीमा मजदूरलाई जनही ५ हजार दिने

दिल्लीमा मजदूरलाई जनही ५ हजार दिने

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले त्यहाँ निर्माण कार्यमा संलग्न सबै कामदारलाई प्रतिव्यक्ति पाँच हजार भारू दिने बताएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार कोरोना भाइरसको महामारीका कारण यस समयमा निर्माण कार्य रोकिएका छन् । मजदुरहरूको जीविका चलाउन सहज होस् भनेर ती सबै कामदारलाई पाँच हजार रुपैयाँ दिइने केजरीवालले बताएका छन् । सबै दैनिक ज्यालादारी मजदुरहरूलाई काम गर्न नपाउँदा निकै गाह्रो हुने अवस्था आउन नदिन उनले सो घोषण गरेका हुन् । सोमबारदेखि दिल्लीमा लकडाउन छ, त्यहाँ कर्फ्यूको जस्तै अवस्था आएको छ ।

मुख्यमन्त्री केजरीवालले भनेका छन्, ‘म बुझ्न सक्छु कि तपाईहरूले धेरै कष्ट भोग्नुपर्नेछ । हामी तपाईंको पीडा पूर्ण रूपमा हटाउन सक्दैनौं, तर हामी तपाईंका समस्याहरू कम गर्न सक्दो कोसिस गर्दैछौं । यो तपाई सबैको जीवन बचाउन धेरै महत्वपूर्ण छ । यसैले लकडाउनजस्तो यति धेरै कडा कदम चालिएको हो ।’

उनले थप भनेका छन्, ‘म धेरै खुसी छु कि धेरै व्यक्तिहरु आज एकअर्कालाई सहयोग गर्दै छन् । यो हाम्रो भारतको सबैभन्दा ठूलो शक्ति हो ।’

यो कठिन समयमा जब सम्पूर्ण शहर र देश तालाबन्दीमा छ, हामीले निर्णय गरेका छौं कि हामी दिल्लीको प्रत्येक निर्माण श्रमिकलाई ₹,००० डलर दिने छौं ताकि उनीहरूले आफ्नो जीवन निर्वाह गर्न सकून्।

केजरीवालले ट्वीटरमार्फत पनि सो घोषणा गरेका छन् । ट्वीट गर्दै उनले भनेका छन्, ‘यो कठिन समयमा जब सम्पूर्ण शहर र देश लकडाउनमा छ, हामीले निर्णय गरेका छौं कि हामी दिल्लीका निर्माण कार्यमा रहेका प्रत्येक श्रमिकलाई भारु ५,००० दिने छौं । ताकि उनीहरूलाई आफ्नो दैनिक गुजारा गर्न सहज होस् ।’

दिल्लीमा भवन र अन्य निर्माण श्रमिक बोर्ड अन्तर्गत दर्ता भएका मजदुरहरुलाई पाँच हजार रुपैयाँ क्षतिपूर्ति दिइने भएको हो । दिल्ली सरकारका एक वरिष्ठ अधिकारीले भनेका छन्, ‘दिल्ली बीओसीडब्ल्यू अन्तर्गत करिब ४ लाख मजदूर दर्ता भएका छन् ।

सो रकम सीधै उननीहरूको खातामा हालिदिने बताइएको छ ।

5285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका