जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बैंक अफ काठमाण्डूको परिस्कृत मोबाईल बैंकिङ्ग सेवा संचालन

बैंक अफ काठमाण्डूको परिस्कृत मोबाईल बैंकिङ्ग सेवा संचालन

बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकको सेवालाई मध्यनजर गर्दै यस आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई परिस्कृत गरेको छ । यस मोबाईल बैंकिङ्ग सेवा पश्चात् ग्राहकलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने विश्वास बैंकले लिएको छ ।

विश्व बैंकिङ्ग बजारमा निकैनै परिचित यस ओम्नी च्यानल सेवा यस बैंक अफ काठमाण्डू लिमिटेडका खाता बहाक ग्राहक तथा यस बैंकमा खाता नभएकाहरुले उपयोग गर्न सक्नेछन् । यस परिस्कृत सेवाले हाल ग्राहकहरुले अनुभव गरिरहेका विभिन्न समस्याहरुको निवारण गर्नेछ । हाल बैंकहरुले ग्राहकहरुलाई प्रदान गरेको मोबाईल बैंकिङ्ग सेवा प्रयोग गर्न प्रयोगकर्ताहरुले आफ्नो मोबाईलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्न पर्नेछ तर यस बैंकको परिस्कृत सेवा मोबाईल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सकिनेछ ।

यस परिस्कृत सेवाबाट ग्राहक महानुभावहरुले विभिन्न माध्यम मार्फत विभिन्न बैंक खाताहरुमा खाता नम्बर वा मोबाईल नम्बर प्रयोग गरी रकमान्तर गर्न, विभिन्न वालेटहरुमा रकमान्तर गर्न, मोबाईल, इन्टरनेट, टेलिभिजन, विधुत, खानेपानी, तथा टेलिफोन सेवाहरुको सेवा शुल्क भुक्तानी गर्न, ग्राहकहरु आफ्नो खाताको विवरण हेर्न, बैंकको विभिन्न सेवाहरुको बारेमा विस्तृत जानकारी लिन, ग्राहकहरुको समस्यालाई सम्बोधन गर्न बैंकको सम्बन्धित प्रतिनिधीहरुसंग भेटको लागि समय मिलाउन, डिजिटल टोकन लिई आफ्नो तोकिएको समयमा सेवा उपयोग गर्न, आफ्नो पासवड भुलवस विर्सिएमा आफैले परिर्वतन गर्न, बैंकको शाखा कार्यालय तथा एटिएम सेवाहरुको जानकारी लिन, विदेशि विनिमय दरको जानकारी लिन आदी सेवाको उपयोग गर्न सकिने छ ।

8965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका