जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बैंक अफ काठमाण्डूले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि रु १ करोड दिने

बैंक अफ काठमाण्डूले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि रु १ करोड दिने

बैंक अफ काठमाण्डू लिमिटेडले कोभिड–१९ नियन्त्रणका लागि स्थापना भएको सरकारी राहत कोषमा कुल १ करोड रुपैंया दिने भएको छ । उक्त रु १ करोड सहायता रकम अन्र्तगत प्रत्येक प्रदेशको राहत कोषमा रु ५ लाखको दरले रु ३५ लाख तथा बाँकी रु ६५ लाख केन्द्रिय सरकारको राहत कोषमा योगदान गर्ने निर्णय बैंकले गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकले सो रकम प्रदान गर्न लागेको हो ।
कोरोना भाइरसको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार र विपन्न वर्गलाई खाधान्नको व्यवस्था लगायतका काममा सहयोग पुग्ने हेतुले यो सहायता रकम प्रदान गरेको बैंकले जनाएको छ ।

लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवा अन्र्तगत यस बैंकले एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी जस्ता सेवा सुविधाहरु प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग माध्यमहरुको अत्याधिक प्रयोग लाई उचित बढावा र प्रोत्साहन दिदै आईरहेको जानकारी समेत गराएको छ ।

10600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?