जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आमाले छोरालाई पास्नीमा दिइन् महालक्ष्मी लाइफको पोलिसी उपहार

आमाले छोरालाई पास्नीमा दिइन् महालक्ष्मी लाइफको पोलिसी उपहार

नेपाली संस्कार अनुसार जन्म पछि विभिन्न संस्कारहरु गर्नु पर्ने हुन्छ । त्यसमध्ये पास्नी पनि एक हो ।

पास्नीका अवसरमा नानी बाबुलाई उपहार दिने गरिन्छ । टिका लगाएर नगद तथा जिन्सी सामान दिने चलन सामान्य हो । तर काठमाडौंको कपनकी एक आमाले आफ्ना छोरालाई पास्नीको अवसरमा बीमा पोलिसी उपहार दिएकी छिन् ।

कपनकी पवित्रा गौतमले छोरा देवाशं लामिछानेको पास्नीको दिनमा महालक्ष्मी लाइफ इन्स्यारेन्सको पोलिसी उपहार दिएकी हुन् । उनले छोराका नाममा २० लाख मूल्यको बालबचत बीमा उपहार दिएकी हुन् । उनले महालक्ष्मी लाईफको चाबाहिल शाखाबाट छोरालाई बीमा पोलिसी बच्चाको नाममा नामसारी गरेकी हुन् ।

२०७८ साल माघ १० गते जन्मेका देवाशं लामिछानेको २०७९ साल असार ३१ गते पास्नी गरिएको थियो । सो अवसरमा आमा पवित्रा र बुवा दिपेन्द्र लामिछानेले उपहार स्वरुप पोलिसी नामसारी गरेका हुन् ।

1965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका