जोडिनुहोस
बिहिबार, मंसिर ६, २०८१
बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • राज्यले समयमै सानादेखि ठूलासम्मलाई समेटेर प्योकज ल्याउनु जरुरी देखिन्छ

अन्तरवार्ता

राज्यले समयमै सानादेखि ठूलासम्मलाई समेटेर प्योकज ल्याउनु जरुरी देखिन्छ

गोबिन्द गुरुङ्ग, सीइओ सिभिल बैंक लिमिटेड

राज्यले समयमै सानादेखि ठूलासम्मलाई समेटेर प्योकज ल्याउनु जरुरी देखिन्छ

गोबिन्द गुरुङ्ग चिनाई राख्नु पर्ने नाम होइन । नेपालको बैकिङ्ग इतिहासमा दुई दर्शक भन्दा बढि विताएका गुरुङ्गले हिमालयन बैंकबाट बैकिङ्ग करियर शुरु गरेका थिए । नेपालका युवा बैंकरहरुको सूचिमा गोबिन्द गुरुङ्गको नाम आउने गरेको छ । नेपालकै कान्छो वाणिज्य बैंक सिभिल बैंक लिमिटेडका सीइओ गोबिन्द गुरुङ्ग सालिन स्वभाव र छिटो निर्णय लिने सीइओहरुको अग्र पंक्तिमा पर्दछन् ।

सन् १९९६ मे महिनामा हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गरेरका गोविन्द गुरुङ अहिले सिभिल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । एघार वर्ष हिमालयन बैंकमा, तत्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकको पदमा साढे तीन वर्ष र मेगा बैंकमा नायब महाप्रबन्धकको पदमा साढे दुई वर्ष र सन् २०१२ अक्टोबरमा सिभिल बैंकमा वरिष्ठ कार्यकारी अधिकृतको रुपमा काम सुरु गरेका थिए ।

हाल उनी सिभिल बैंक लिमिटेडको सिईओको रुपमा कार्यभार सम्हाल्दै आइरहेका छन् । दुई दशक बैंकिङ क्षेत्रमा बिताइसकेका गुरुङले सिभिल बैंकलाई सबल र सक्षम बनाउने अठोट कसेका मात्रै छैनन् । बैंकलाई टप दश भित्र राख्ने योजना अगाडी सारेको देखिन्छ ।

लमजुङको भुलभुलेमा निम्नमध्यम वर्गीय परिवारमा जन्मेका गोविन्द गुरुङ सिभिल बैंकको प्रमूख कार्यकारी अधिकृत बनेर धेरै युवाहरुका लागि उदाहरणीय बनेका छन् । नेपाल कमर्स क्याम्पसबाट एमबीए गरेका गोबिन्द गुरुङले जीवनमा कहिल्यै पनि राम्रोसँग पढ्न पाएनन् ।

स्कुले जीवनमा बिहान घाँस दाउरा गरेर दिउँसो विद्यालयमा जाने गरेका उनले कलेज अध्ययनका लागि विहान कलेज गएर दिउसो जागिर खाने गरेका थिए । उच्च परिवारका व्यक्तिहरुको मात्र पहुच भएको बाणिज्य बैंकहरुको सिइओमा निम्न मध्यमबर्गबाट उठेर सिइओ हुन्छु भन्ने कल्पना समेत गरेका थिएनन् । गुरुङ्गले विदेशी विश्वविद्यालयबाट डिग्री गरेकाहरुको बोलवाला भएको बाणिज्य बैंकहरुमा उनी कसरी सिइओ सम्म हुन पुगे ? उनको संघर्ष र व्यक्तित्वले नै पुष्टि गरिसकेको छ ।

अहिले विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो रहेन । केही संकेतहरु देखिएका छन् । वैशाख १५ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन र हुँदैन पनि ।

यो अवस्थामा पनि नेपालको निजी क्षेत्रको सक्षम र सबल बैंक सिभिल बैंक लिमिटेडले एटिएम नभएका स्थानमा शाखाबाट सेवा प्रदान गरिरहेको देखिन्छ सिभिल बैंक लिमिटेडले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न केही शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु छन् ।

शाखा खुलेको मात्रै छ कि कारोबार पनि भएका छन् । बैंकको कर्मचारीहरुको स्वास्थ्य अवस्था कस्तो छ । कोरोना भाईरसका कारण नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ने देखिन्छ र केही दिन पछि आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र नेपाल बैंकर्स एसोशियशनले हालै मुद्दती खाता र बचत खातामा डिपोजिट ब्याजदर घटाएको देखिन्छ साथै कर्जाका ग्राहकहरुको खाताबाट चैत्र मसान्तमा बैंकहरुले पैसा तानेको देखिन्छ ।

नेपालको अर्थतन्त्र र नेपालको बैकिङ्ग प्रणालीलाई कस्तो असर पर्ला यी र यस्तै विषयमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० बैंकको सेवा र कर्मचारीको सुरक्षा ?
अहिले नेपालको कान्छो वाणिज्य बैंक सिभिल बैंकले अत्यन्तै राम्रो सेवा सेवा दिएको छ । हामीले एटिएम नभएका ठाउँका सबै शाखा खोली ग्राहकलाई सेवा प्रदान गरेको अवस्था छ । राजधानीका मुख्य ठाउँमा १÷१ वटा शाखा सञ्चालन गरेका छौं । जिल्लाहरुमा सबै ठाउँमा शाखा सञ्चालनमा छन् ।

जहाँ एटिएम छैन । त्यहाँ शाखा खुल्ला नै छन् । अर्को कुरा अहिले डिजिटल कारोबार र रेमिटेन्स बढि आएको छ । हाम्रो सिभिल बैंकमा पैसा झिक्ने र राख्ने चाही कम नै छन् । एलसीमा खासै नयाँ आएका चाही छैनन् । औषधी, त्यसका उपकरण र खाद्यान्नका एलसी हामीले गरिरहेको चाही छौं । सबै ग्राहकलाई दिनुपर्ने सेवा अरु वाणिव्य बैंकले जस्तै हामीले पनि दिएका छौं । अर्को कुरा कर्मचारीहरुको स्वास्थ्यको कुरा छ ।

धेरै जस्तो कर्मचारी साथीहरुलाई घरबाटै काम गर्न भनिएको छ । कम मात्रै स्टाफ अफिस आउनु भएको अवस्था छ । सबै रोगथामका उपायका साधन प्रयोग गरिएको अवस्था छ । अर्को कुरा हामीले हाम्रा सबै एटिएम मेसिनलाई सेनिटाईजिङ्ग गरेको अवस्था छ ।

हामी ग्राहकमूखी बैंक् भन्न रुचाउने बैंक भएकाले ग्राहकको फोन आउने वित्तिकै शाखा खोली पैसा दिएको अवस्था छ । यो विपतमा हामी बैंकरले नगरे कसले गर्ने हो । त्यसकारण डिपोजिटकर्ताहरुलाई पैसाको खाँचो हुन दिँदैनौ ।

० सिभिल बैंकको राज्य कोषमा सहयोग र राहत ?
सिभिल बैंकले ८७ लाख राज्यलाई सहयोग गरेको अवस्था छ । हामीले सामाजिक उत्तरदायित्व कोषबाट ४३ लाख ५० हजार केन्द्रिय कोषमा, स्टाफहरुको १ देखि ३ दिनको तलब र बोर्ड मिटिङ्गको १ दिनको भत्ता १७ लाख पनि दिने निर्णय गरेका छौं । ७ वटै प्रदेशमा ५/५ लाखका दरले ३५ लाख दिएका छौं । बाँँकी रहेको ८ लाख ५० हजार हाम्रा शाखा भएका गाउँपालिका र नगरपालिकालाई दिने भएका छौं ।

० ग्राहकलाई राहत र कर्मचारीलाई भत्ता ?
सिभिल बैंकले राष्ट्र बैंक्ले दिएको १९ बुदे निर्देशन पूर्ण रुपमा पालना गरेको छ । १० प्रतिशत छुट लगायत अरु सबै शुल्क लिने कुरा भएन । प्लान्ट्री कुनै पनि हामी लिदैनौ । अर्को कुरा हाम्रो सिभिल स्मार्ट बैकिङ्ग छ । यसबाट सबै कुराको भुक्तानी गर्न सकिन्छ । अस्पतालको बिल देखि पानी बत्तीको बीलसम्म भुक्तानी भएका पनि छन् ।

लकडाउन पछि यो ५ हजारबाट बढेर अहिले २५ हजार देखि ३० हजार सम्म छ । यो डिजिटल बैकिङ्ग चलाउने ग्राहक बढेको अवस्था छ । अर्को कुरा यो अवस्थामा पनि एटिएम कार्ड र मोबाईल बैकिङ्ग लिन १०÷२० जनाले दिनै पिच्छे निवेदन दिएका छन् ।

नगदमा भन्दा एटिएम र मोबाइल बैकिङ्गमा चाहि कारोबार उच्च छ । अर्को कुरा राहतको कुरा चाही यसले पुग्दैन । लकडाउन कतिबेला बढ्ने हो । त्यसमा भर पर्ने देखिन्छ । भारतको पनि कुरा होला । राष्ट्र बैंकले हामीसंग छलफल गरि केही राहतका प्याकेज पक्कै ल्याउनु होला ।

० डिपोजिट ब्याजदर घटाउने र बैंकका ग्राहकको खाताबाट रकम तान्ने ?
ग्राहकको खाताबाट जबरजस्ती पैसा तानेको होइन । बैंकको सिस्टमले नै तान्ने हो । समय दिएको अवस्था छ । छुट छ । अहिले अप्ठ्यारो र विशम अवस्था छ । कर्जाका किस्ता तानिएका छन् भन्ने यसबाट ग्राहकले १० प्रतिशत छुट पाउनु भएको छ ।

बैंशाखबाट डिपोजिटमा ब्याजदर घटेको छ । अब जेष्टबाट कर्जाको व्याजदर घटाउने छौं । पूरानो फिक्स डिपोजिटको त ब्याज पूरानौ छ नि । नयाँ आउनेको कुरा भयो ।

० लकडाउन र बैकिङ्ग प्रणालीमा असर ?
यो विश्वव्यापी फैलिएको अदृश्य शक्ति कोरोना भाईरसबाट नेपाल पनि अछुतो अब रहेन । त्यसकारण हामीलाई असर पक्कै छ । पर्यटन, उद्योगधन्दा सबै बन्द छन् । उत्पादन घटेको छ । सबै बन्द भएपछि बैंकमा पैसा आउने कुरै भएन । यो कति लम्बिने हो त्यसपछि मात्र भन्न सकिने अवस्था छ ।

अर्थतन्त्रको मुटु नै बैकिङ्ग क्षेत्र हो । अर्थतन्त्र चलायमान बैकिङ्ग प्रणाली भित्रैबाट हुने हो । यो बुझनु जरुरी छ । अर्को कुरा यो कुनै एक देशको मात्रै नभई विश्वव्यापी भएकोले यसको ठूलो असर पर्ने निश्चित छ । नेपालमा पनि आर्थिक रुपमा यसको असर ठुलो छ । यसको असर कति लामो समयसम्म हुने हो त्यो हेर्न बाँकी छ । यो समयले देखाउदै जाने नै छ । काम धन्दा सबै बन्द छन् ।

काम धन्दा गरेर नै सम्पत्ती आर्जन गर्ने हो । अनि त्यसबाट खर्च गर्ने हो । यो कत्ति लम्बिन्छ हेर्न बाँकी छ । मैले अगाडीनै भने सबै स्टेहोल्डरहरु एक ठाउँमा बसेर अध्ययन गर्नुपर्दछ । यसको प्रभाव राज्यको अर्थतन्त्रमा पर्ने र त्यसपछि बैंकिङ्ग प्रणालीमा पर्ने गरेको इतिहास साक्षी छ । राज्यको अर्थतन्त्रले ग्रोथ गरे पो बैंकहरुले गर्ने हो ।

अहिले तरलता अलिकति सहज भएको चाहि छ । यसले फाइदा हुन्छ । हाइड्रोपावर लगायतका आयोजनाहरु लम्बिने सम्भावना छ । श्रमिकहरु घर गएका छन् । कहिले फर्किने हो टुंगो छैन । त्यसैले अहिले आएको प्याकेजले मात्रै पुग्दैन । राज्यले समयमै सानादेखि ठूलासम्मलाई समेटेर प्योकज ल्याउनु जरुरी देखिन्छ । र अर्थतन्त्रलाई पुर्नजीवन दिनु पर्दछ ।

देशकै अवस्था गाह्रो भईसकेपछि के हुन्छ भन्ने अन्योल छ । त्यसलाई चिर्दै अगाडी बढ्नुपर्छ । आफू बच्ने र अरुलाई बचाउनु पर्ने समय आएको पक्कै छ । अर्को कुरा यो बेला मान्छे घर परिवारसंगै छन् । यसले उर्जा थपिएको पककै छ । त्यसकारण अब विदेश होइन देशमै कृषि व्यवसाय गरौं भन्ने भावनाको विकास चाहि आएको देखिन्छ ।

० लकडाउनबाट के पाठ सिक्ने ?
कुनै पनि कुरा कुनै बेला आउन सक्दछ भन्नेबारे सबै पक्ष अव सजक पक्कै हुनुपर्दछ । खाद्यान्नमा हामी निर्भर छैनौ । अब त्यसतर्फ ध्यान जानुपर्दछ । अस्पतालका पूर्वाधार बनाउनु पर्दछ । हामी २ अर्ब भन्दा बढिका खाद्यान्न आयात गर्दछौं । ४ महिनामा यो लकडाउन लम्बियो भने हाहाकारको अवस्था आउने प्रस्टै देखिन्छ । समयमै सचेत बन्नु प¥यो । भारतमा १ वर्ष पुग्ने खाद्यान्न रहेको सुनेका छौं । तर, हामी कहाँ छैन । अब लकडाउनको फाइदा लिँदै अवसरलाई प्रयोग गर्दै कृषिमा फोकस दिनुपर्दछ ।

उत्पादनमूलक उद्योग व्यवसाय शुरु गर्नुप¥यो । हामी कृषिप्रधान देश तर, हामी सबै कुरा आर्यात गरिरहेको तथ्याङ्क छ । यसलाई परिवर्तन गर्दै कृषितर्फ अव लाग्नु पर्ने बेला चाही यहि हो ।

० विदेशबाट फर्किएका र गाउँ पुगेकाको दायित्व ?
यो पक्ष चाहि महत्वपूर्ण पक्ष हो । अब विदेशबाट आएका सबैलाई देशमा नै रोजगारी दिनुपर्दछ । २÷४ लाख आए भन्ने कुरो छ । यी जनशक्ति कृषिमा लगाएर उत्पादन बढाउनु जरुरी छ । विदेशमा रहेको ठूलो जनशक्ति करिब ४० लाख भोलि नेपाल आए भने त्यो जनशक्तिलाई कृषि र उद्योगधन्दामा लगाएर नेपालले आत्मनिर्भरका उपाय खोजिनु जरुरी देखिन्छ ।

अर्को कुरा यो बेला शहर छाडेर गाउँ पुगेकाहरुले परिवारसंगै पूरानो कृषि व्यवसाय शुरु गर्ने बेला हो । अब खेतीपाती गर्दै कृषिका उत्पादन बढाउनु पर्दछ । नेपालमा ६५ प्रतिशत परिवार कृषिमा सहभागी भएको बताईए पनि ३२ प्रतिशतले मात्र योगदान दिएको तथ्याङ्कले देखाउछ । युवा र दक्ष जनशक्तिलाई आफ्नै देशको उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्ने अवसर अब गुमाउनु हुँदैन ।

० लाखौं ग्राहक, शेयरधनी, प्रोमोटर र नेपाली जनतालाई सन्देश ?
यो समय धैर्य धारण गर्ने समय हो । घरमै बसेर इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्गबाटै कारोबार गरौं । परिवारसंगै बसौं । विश्वव्यापी रुपमा फैलिएको यो कोरोनाको महामारीबाट तपाई, तपाईको परिवार आफन्तजन र जनता बचाउ । अर्को कुरा यो रोग फैलियो भने हामीले धान्न सक्दैनौ । त्यसकारण राज्य र ध्ज्इ ले दिएको सबै नियमका पालना गरौं भन्दै नयाँ वर्ष २०७७ को सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

9710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका