जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा २५% गिरावट

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा २५% गिरावट

कोरोना भाइरसबाट उत्पन्न परिस्थितिका कारण कच्चा तेलको मूल्यमा भारी गिरावट भएको छ।

अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रतिब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको छ। लन्डनमा प्रति ब्यारेल ३३.३३ अमेरिकी डलरमा कारोबार भएको छ।

यो नाटकीय गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा पनि शुक्रबार १०.१ प्रतिशत गिरावट आएको छ र पाँच वर्ष यताकै यो सबैभन्दा ठूलो नोक्सानी हो। मूल्यलाई स्थिर राख्न उत्पादनमा के कति कटौती गर्ने भन्ने विषयमा ठूला तेल उत्पादक राष्ट्रहरु साउदी अरेबिया, रसिया र अरु तेल उत्पादक मुलुकहरुबीच मतैक्य नभएपछि यस्तो समस्या आएको हो।

विश्वव्यापी तेल बजारमा देखिएको उथलपुथलकै कारण मध्यपूर्व र एसियाली शेयर बजारमा व्यापक गिरावट आएको छ। तेलको मूल्यमा गिरावट आउँदा दक्षिण कोरिया, जापान र चीनलाई फाइदा पुग्ने अवस्था देखिए पनि विषम अस्थिरताले अर्थतन्त्रलाई ठूलो नोक्सानी गर्नेछ।

मानिसको यात्रामा कटौती भएका कारण ऊर्जाको मागमा कमी आएको छ। कोरोनाभाइरसका कारण अर्थतन्त्रको गति सुस्त हुनुको अर्थ मागमा कमी आउनु पनि हो।

एक्सीकर्पका प्रमुख बजार रणनीतिकार स्टिफेन इन्सले साउदी अरेबियाले बजार हिस्सा ओगट्ने उद्देश्य सहित तेलको उत्पादन अझ बढाउन सक्ने बताउनुभयो। विश्व तेल बजारमा यस्तै तर्क विगतमा पनि गरिएका थिए।

सन् २०१४ मा ओपेकले अमेरिकी तेल नीतिमा आएको फेरबदललाई ध्यानमा राखी तेल उत्पादन कटौती गर्नुको साटो बढाएको थियो। यसबाट १०० अमेरिकी डलर प्रति ब्यारेल पुगिसकेको तेलको मूल्य सन् २०१५ मा ४० डलरभन्दा तल झरेको थियो।

अमेरिकी शेयर बजार पनि गत महिनाको तुलनामा १२.२ प्रतिशतले घटिसकेको छ। – रासस/एपी

7085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?