जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बैंकका सबै शाखा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

बैंकका सबै शाखा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले भोलिबाट बैंकका सबै शाखाहरु सञ्चालन गर्न निर्देशन जारी गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशन देव कुमार ढकालले देशका सबै बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य रुपमा सबै शाखाहरु सञ्चालन गर्न निर्देशन दिएका छन् ।

राष्ट्र बैंकद्वारा निर्देशनमा नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार करदाताहरुले २०७६ फागुन र चैत्रको भ्याट, तथा चैत्र मसान्तमा बुझाउनुपर्ने कर लगायतका अन्य राजश्वहरु दाखिला गर्न यही जेठ २५ गतेसम्मको मिति तोकिएका कारण सो मितिसम्म शनिबार समेत सबै बैंकका शाखा कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

त्यसैगरी, राष्ट्र बैंकले बैंकका क्लीयरिङ सम्बन्धी कार्य समेत सुचारु राख्न भनिएको छ । कन्द्रीय बैंकले सबै बैंकहरुलाई आगामी जेठ २५ गतेसम्म पूर्ण कालिन रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत निर्देशन जारी गरेको छ ।

9725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका