जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सानिमा बैङ्कद्वारा करुणा फाउन्डेसन नेपाललाई १० लाख सहयोग

सानिमा बैङ्कद्वारा करुणा फाउन्डेसन नेपाललाई १० लाख सहयोग

सानिमा बैंक लिमिटेडले करुणा फाउन्डेसन नेपाललाई रु १० लाख सहयोग रकम उपलब्ध गराएको छ । जन्मजात हुने अपांगता रोकथाम तथा अपांगता भएका व्यक्तिहरु लक्षित “अपा¨ता रोकथाम तथा पुुनस्र्थापना कार्यक्रम” मार्फत् अपांगता भएकाहरुका लागि आवश्यक सहायक सामाग्रीहरु (ह्विलचेयर, श्रवणयन्त्र लगायत) खरिद प्रयोजनका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग रकम उपलब्ध गराएको हो ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश १, पालिकाहरु र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत तथा सञ्चालन साझेदारीमा सञ्चालन हुने यस कार्यक्रमले अपा¨ता भएका व्यक्ति तथा उनीहरुका परिवारको जीवनको गुणस्तर बढाउन यस प्रकारको सहयोगले मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रदेश १ का १४ जिल्लाहरु तथा १३७ पालिकाहरुमा मात्रै करिब १ लाख अपा¨ता भएका व्यक्तिहरु रहेको करुणा फाउन्डेसनले जनाएको छ ।

सानिमा बैंकले देशका सातै प्रदेशबाट ७९ शाखा, ६ वटा विस्तारित काउन्टर र ८१ एटीएम मार्फत् आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

10995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका