जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ज्योति लाईफ इन्स्योरेन्सका अध्यक्ष शर्माले पदबाट राजीनामा किन नदिने ः बीमा समितिका अध्यक्षज्यू ?

ज्योति लाईफ इन्स्योरेन्सका अध्यक्ष शर्माले पदबाट राजीनामा किन नदिने ः बीमा समितिका अध्यक्षज्यू ?

आफ्नै हात जगन्नाथ भने जस्तै भएको छ । बीमा कम्पनीहरुमा भन्दा अब चाहि फरक पर्दैन । लकडाउनकै बेला जुवाखालबाटै पक्राउ परि धरौटीमा छुटेका जुवाडे ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष नन्द किशोर शर्मा अझै उक्त कम्पनीको अध्यक्ष नै रहेको कम्पनीको वेवसाइटमा राखिएको छ । अनैतिक काम गर्ने मान्छे कम्पनीको सर्वोच्च पद अध्यक्षमा रहिरहँदा बिमकहरुमा कस्तो सन्देश जान्छ । बीमा समितका अध्यक्ष चिरनजीवी चापागाईज्यू ? यसको हेक्का तपाईले गर्नु भएको छ ।

हजारौ विमितले बीमालेख गरेका छन् । लाखै जनताको पैसाबाट कम्पनी सञ्चालनमा छ तर, कम्पनीलाई चलाउन निर्देशन नै दिने अध्यक्षको नैतिक पतन भएको मान्छे हुँदा त्यो कम्पनीले कस्तो प्रगति गर्ला ? यसको उत्तर बिमितहरुलाई कसले दिने हो ?
भर्खरै बीमाका लेख बढेका छन् । नेपालमा करिब २६ प्रतिशत बीमा बजार भएको सुखद् बेला यस्ता नैतिक पतन भएका जुवा खालबाटै पक्राउ भएर धरौटीमा छुटेका मान्छे अध्यक्ष बन्ने नैतिकता छैन । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष नन्द किशोर शर्मासंग । जे गर्न पनि छुट हाम्रो नेपालमा कानुन छैन, नैतिकता छैन ।

केही महिना अगाडी माडवाडी समूदायकै नेतृत्वमा स्थापना भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष नन्द किशोर शर्मा जुवा खालबाटै पक्राउ भए उनी अझै सो कम्पनीको अध्यक्ष नै छन् अनैतिक काम गरेको पुष्टी भए पछि पद छोड्नु पर्दछ कि पर्दैन ?
आफ्नै छोरी ज्वाईको होटलमा विगत १०÷१५ दिन देखि जुवाखाल नै संचालन गरेका यी ज्योति लाईफ इन्योरेन्स कम्पनीका अध्यक्ष शर्मालाई अब पदमा बसी रहने अधिकार छैन । कम्पनीमा लाखौ जनताको शेयर छ । लाखौले बीमा लेख लिएर डिपोजिट गरेका छन् । उनीहरुको भविष्य माथी यस्ता अनैतिक र आलोचित व्यक्ति संस्थाको प्रमुख हुँदा बीमा कम्पनी प्रति कस्तो सन्देश जान्छ ? यसको उत्तर बीमा समितिका अध्यक्षज्यूसंग छ ? उत्तर चाहियो ?

अध्यक्ष शर्माले तत्कालै राजिनामा दिनुपर्दछ कि पर्दैन ? कानुनमा सजाय पाएपछि मात्रै पद जाने लेखिए पनि नैतिकता त होला नि ? एउटा व्यक्तिका कारण सिंगो संस्थालाई कालो धब्बा लगाउने अधिकार कसैलाई छैन । पद ठूलो होइन प्रतिष्ठा र सम्मान ठूलो हो बीमा समितिका अध्यक्ष ज्यू ?

विश्व कोरोना भाईरसको महामारीबाट रोहिरहेको छ । नेपालमा २४ जनाले ज्यान गुमाएका छन् । १० हजार भन्दा बढि कोरोना भाईरस बिरुद्ध अस्पतालमा लडिरहेका छन् रोगथामका लागि ।

राज्यले विगत तीन महिना देखि देशलाई लकडाउन गरेको छ । तर, नेपालका प्रतिष्ठित भनैदाहरुनै यस्तो विषम, विपत र अप्ठ्यारो अबस्थामा कालोबजारी देखि क्यासिनो झै जुवाखाल संचालन गरि रातारात करोडपति बन्न खोज्नुले के सन्देश दिन्छ अर्थमन्त्री डा. युवराज खतिवडा ज्यू ? यसको उत्तर तपाईले नै अब नेपाली जनतालाई दिनै पर्दछ । सचेत भया ।

10780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका