जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ८.७५ प्रतिशत व्याजमा ग्लोबल आइएमईको घर कर्जा

८.७५ प्रतिशत व्याजमा ग्लोबल आइएमईको घर कर्जा

ग्लोबल आइएमई बैंकले ८.७५ प्रतिशत व्याजदरमा ग्लोबल घर कर्जाको स्किम सार्वजनिक गरेको छ।

२५ वर्षसम्मका लागि पाइने यो कर्जाको व्याजदर एक वर्षसम्मका लागि स्थिर रहने बैंकले जानकारी दिएको छ। यो कर्जा लिएर ग्राहकले घर निर्माण गर्न, घर जग्गा खरिद गर्न सक्ने बैंकले जारी प्रेस विज्ञप्तीमा छ।

यसैगरी बैंकले ८.९९ प्रतिशतमा गाडी कर्जा र ९.४९ प्रतिशतमा सेयरको धितोमा कर्जा प्रवाह गर्ने स्किम पनि सार्वजनिक गरेको छ।

यस योजनामा सहभागी हुने ग्राहकले डेबिट/क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क र लकर सुविधामा ५० प्रतिशत छुट पाइने पनि बैंकले जानकारी दिएको छ।

बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रदान गर्ने जानकारी समेत दिएको छ।

बैंकले कर्जा लिन चाहने ग्राहकले आवश्यक कागजात बैंकमा पेश गरेको तीन कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्ने समेत जानकारी दिएको छ।

बैंकले यो सेवा ग्लोबल आइएमईका सम्पूर्ण शाखामा उपलब्ध हुने समेत जानकारी दिएको छ।

7250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका