जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • युनियन लाइफ इन्स्योरेन्स यो वर्षको सर्वाधिक बीमा प्रिमियम उठाउने ५ औं कम्पनी

युनियन लाइफ इन्स्योरेन्स यो वर्षको सर्वाधिक बीमा प्रिमियम उठाउने ५ औं कम्पनी

बजारमा आएका नयाँ बीमा कम्पनीले पुराना कम्पनीहरुलाई टक्कर दिन सुरु गरेका छन् । व्यवसाय विस्तारको हिसाबले नयाँ जीवन बीमा कम्पनीहरु निकै आक्रामक रुपमा प्रस्तुत भएका हुन् । ३ वर्ष अघि बीमा समितिले लाइसेन्स दिएका १० जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ मा कुल १७ अर्ब ३ करोड बीमा शुल्क असुलेका छन् । यो कुल बीमा प्रिमियमको करिब १८.०६ प्रतिशत हो । बीमा प्रिमियम संकलनमा पुराना बीमा कम्पनीलाई नयाँ कम्पनीको तुलनामा निकै सजिलो हुन्छ ।

एक पटक बीमा गर्नेले बीमा अवधिभरी बीमा शुल्क निरन्तर रुपमा बुझाउने भएकोले पुराना बीमा कम्पनीले धेरै दुःख गर्नु पर्दैन । तर नयाँ कम्पनीलाई भने त्यसका लागि धेरै मिहिनेत गर्नुपर्छ । पुराना बीमा कम्पनीको बोनस दर धेरै हुने भएकोले पनि बीमा गर्नेहरु धेरै प्रतिफलका लागि त्यस्ता कम्पनीमा जान्छन् । तर, नयाँ बीमा कम्पनीलाई बोनसबाहेक अरु प्रोडक्टमा बढी ध्यान दिनुपर्छ । त्यति हुँदाहुँदै पनि छोटो समयमै यी कम्पनीहरुले पुराना कम्पनीलाई टक्कर दिन थालेका हुन् । हिले युनियन लाइफ इन्स्योरेन्स यो वर्षको सर्वाधिक बीमा प्रिमियम उठाउने ५ औं कम्पनी बनेको छ । युनियनले पुराना ५ वटा बीमा कम्पनीलाई पछि पारेर ४ अर्ब ८० करोड बीमा प्रिमियमसँगै त्यो स्थानमा पुग्न सफल भएको हो ।

बीमा प्रिमियम उठाउने कम्पनीको सबैभन्दा माथिचाहिँ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । नेपाल लाइफ एक्लैले २८ अर्ब ३९ करोड प्रिमियम संकलन गरेको छ । त्यस्तै, दोस्रोमा रहेको एलआईसी नेपालले १५ अर्ब ३१ करोड संकलन गर्दा नेशनल लाइफले ९ अर्ब २१ करोड र राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ५ करोड रुपैंया बीमा शुल्क संकलन गरेका छन् । युनियन लाइफबाहेक अरु नयाँ बीमा कम्पनीले भने हालसम्म कुनै पनि पुराना कम्पनीलाई नित्न सकेका छैनन् । यद्यपि ती कम्पनीहरु यसको नजिक भने पुगेका छन् । नयाँ बीमा कम्पनीमध्ये युनियनपछि सर्वाधिक सिटिजन्स लाइफले १ अर्ब ९६ करोड र ज्योतिलाइफले १ अर्ब ८९ करोड प्रिमियम संकलन गरेका छन् । पुराना कम्पनीमध्ये गुराँस लाइफले २ अर्ब १ करोड रुपैंया प्रिमियम संकलन गरेको छ ।

8940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?