जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • लुम्बिनी बैंकद्वारा ७ प्रकारका कर्जा सार्वजनिक

लुम्बिनी बैंकद्वारा ७ प्रकारका कर्जा सार्वजनिक

प्रणालीमा अधिक तरलता भएसँगै बैंकहरुले धमाधम ब्याजदर घटाइरहेका छन् । यो क्रममा राष्ट्रियस्तरको विकास बैंक, लुम्बिनी विकास बैंकले समेत एकल दरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

यो घोषणासँगै बैंकले विभिन्न खालका कर्जाका प्रडक्टहरु समेत सार्वजनिक गरेको छ ।

बैंकले लुम्बिनी घर कर्जा, ब्यक्तिगत कर्जा, अटो कर्जा, शैक्षिक कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, लघुवित्त तथा आर्थिक बिपन्न बर्ग सहायता कर्जा र कृषि कर्जा गरेर सातवटा कर्जा योजनाहरू सार्वजनिक गरेको छ । यी कर्जाको ब्याजदर ९.९२ प्रतिशत निर्धारण गरिएको बैंकले जनाएको छ ।

सो ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नको लागि बैंकको सातै प्रदेशमा अबस्थित ६८ वटा शाखा कार्यालयहरु बाट आबेदन दिनसक्ने र सम्पूर्ण आवश्यक कागजात सहित आबेदन दिएको ३ कार्यदिनभित्रै कर्जा स्वीकृतिको निर्णय गरिने बैंकले जनाएको छ ।

हाल लुम्बिनी विकास बैंकको देशभर ६८ शाखा, १६ एटीएम रहेका छन् । करिब २ लाख ५३ हजार ग्राहकलाई यो बैंकले बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

9145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका