जोडिनुहोस
मङ्लबार, असार ३०, २०८३
मङ्लबार, असार ३०, २०८३

हालको खबर

  • होमपेज
  • कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्घिका आधार

कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्घिका आधार

माघ १८, रोल्पा ः आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्घिका आधार भएको बताएका छन् । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवलाई शुक्रवार सुलिचौरमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गरे ।

सङघीय संसद प्रतिनिधि सभाका सम्माननीय सभामुख कृष्णबहादुर महराको प्रमुख अथित्यमा सम्पन्न उद्घाटन सत्रलाई माननीय उर्जामन्त्री बर्षमान पुन, स्थानीय जनप्रतिनिधिहरु लगायत राजनितिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रोल्पाको भु–भागमा पाइने बहुमुल्य जडिबुटीको उचित बजारीकरण गर्न सकेमा समग्र रोल्पा र आसपासका क्षेत्रको स्थानीय आर्थिक गतिविधिलाई बढाउन सकिने बताए । जलविद्युत उत्पादन गरि रोल्पाको आर्थिक विकासमा टेवा पु¥याउन सकिने उल्लेख गरे ।

मुलुकमा भएको पछिल्लो राजनीति परिवर्तनको उदगम स्थल हुनुका नाताले रोल्पा राजनीति रुपमा समेत अत्यन्तै महत्वपूर्ण जिल्ला भएको स्मरण गर्दै तीनै तहका सरकारसँग सहकार्य गरि स्थानीय स्तरका आर्थिक गतिविधिलाई बढाउन नेपालको नीजी क्षेत्र तयार रहेको बताए ।

अहिले रोल्पाली जनताको मुख्य आय श्रोत भनेकै रेमिटेन्स हो । रोल्पाका गाउँगाउँमा आइएमईको सेवा पु¥याएका छौँ । त्यस्तै लिवाङ्ग र सुलिचौरमा सम्पुर्ण बैकिङ सेवा सहितका शाखा र घर्तिगाउँमा एक्स्टेन्सन काउण्टर सहित ग्लोबल आईएमई बैंकले सेवा प्रदान गर्दै आएको छ भने छिट्टै होलेरीमा एक्सटेन्सन काउण्टर थवाङ्ग,सिर्प,तेवाङ्ग र इरिबाङ्ग लगायतका क्षेत्रमा शाखारहित बैकिङ्ग सेवा शीघ्र पु¥याउने उद्देश्य सहित काम अगाडी बढेको जानकारी गराउन गराउँदै यसबाट समग्र रोल्पाको बित्तीय र रेमिटेन्स सेवा पुर्ती गर्न आइएमई ग्रुप सफल रहेको विश्वास ब्यक्त गरेका थिए ।

11085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका