जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मंगलबार लाईफ इन्स्योरेन्स र निर्धन उत्थानको साधारण सभा

मंगलबार लाईफ इन्स्योरेन्स र निर्धन उत्थानको साधारण सभा

मंगलबार लाईफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा हुदैंछ । लाईफ इन्स्योरेन्स कर्पोरेशनको एनआइसी शिक्षालय हल नक्सालमा बिहान १०ः३० बजे र निर्धन उत्थान लघुवित्तको आफ्नै केन्द्रिय कार्यालय, भगवतीवहाल नक्साल काठमाडौंमा दिउँसो १ बजे सभा हुन लागेको हो । कोभिड–१९ महामारी जोखिमका कारण दुवै कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेका छन् ।

लाईफ इन्स्योरेन्स कर्पोरेशनले सभा मार्फत प्रस्तावित १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश  पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । साधारणसभा प्रयोजनको लागि लाईफ इन्स्योरेन्स कर्पोरेशनले फागुन ७ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन फागुन ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै गरी निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सभा मार्फते १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न लागेको हो । यस कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ११ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन १० गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

3825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?