जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्यारासुट नेचुराल स्याम्पुले आयोजना ग¥यो तीज विशेष कार्यक्रम “सङ्गीसँग तीज”

प्यारासुट नेचुराल स्याम्पुले आयोजना ग¥यो तीज विशेष कार्यक्रम “सङ्गीसँग तीज”

प्यारासुट नेचराल स्याम्पुले ‘संङ्गीसँग तीज’ नामक तीज विशेष कार्यक्रम आयोजना गरेको छ । गत सोमबार आयोजना गरिएको उक्त कार्यक्रम स्याम्पुको एक महिने लामो “श्रावण वीथ सङ्गी” नामक मार्केटिङ अभियानको विस्तारित रूप हो । कार्यक्रम स्याम्पुसँग आबद्ध रही स्याम्पुको मार्केटिङ यात्रामा विशेष योगदान पु¥याइरहेका महिला ‘इनफ्लुएन्सर’, कपाल विशेषज्ञ र पार्लरप्रति आभार प्रकट गर्न तथा महिला सम्बन्धलाई प्रगाढ बनाउने ध्येयका साथ गरिएको थियो ।

प्यारासुट नेचुराल स्याम्पुको ब्राण्ड एम्बास्डर, आँचल शर्माको विशेष आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विभिन्न रमाइला गतिविधिहरू समावेश गरिएको थियो । कार्यक्रममा थप रोमाञ्चकता थप्नका निम्ति कपाल बाट्ने, चुरा मिलाउनेजस्ता प्रतियोगिताहरूको आयोजना गरिएको थियो ।

तीज महिलाहरुको एक विशेष चाड हो जुन मुख्यतया देशभरका नेपाली महिलाहरूले धेरै उत्साह र जोशका साथ मनाउँछन् । हरियाली तीज र हरितालिका तीज मनसुन मौसमलाई स्वागत गर्दछ र मूलतः केटी र महिलाहरुद्वारा सिंगारपटार गरि, गीत, नृत्य अनुष्ठानका साथ मनाउँछन् ।
यसका अतिरिक्त, यो अभियान प्यारासुट स्याम्पु आफ्ना प्राकृतिक विशेषताहरूले गर्दा कुनै पनि विशेष अवसरमा आफ्ना महिला साथीहरूलाई दिनका लागि उचित उपहार बन्न सक्छ भन्ने कुरालाई अझ विस्तार र स्थापना गर्नका लागि पनि हो ।

2470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका