जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • धनगढीदेखि भेडेटारसम्मको चुनावी अभियानले उत्साही बनेको ढकाल समूहले भन्योः भारी मतान्तरले विजयी हुनेछौंं ।

धनगढीदेखि भेडेटारसम्मको चुनावी अभियानले उत्साही बनेको ढकाल समूहले भन्योः भारी मतान्तरले विजयी हुनेछौंं ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला तथा नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल टीमलाई ८० प्रतिशतभन्दा बढी मत दिएर विजयी गराउने प्रतिवद्धता जाहेर गरेका छन् ।  महासंघको आसन्न विर्नाचनको क्रममा जिल्ला दौडाहामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी तथा केन्द्रीय सदस्यहरुलाई प्रत्यक्ष रुपमा भेटगरी जिल्ला नगर अध्यक्षहरुले उक्त टीमलाई ८० प्रतिशतभन्दा बढी मत दिलाएर विजयी गराउने प्रतिवद्धता जाहेर गरेका हुन् ।
जिल्ला अध्यक्षहरुले भेटघाटको क्रममा महासंघको नेतृत्व गर्न स्टेकहोल्डर चाहिने र त्यसका लागि एक मात्र विकल्प चन्द्र ढकाल रहेको समेत बताएका थिए ।

‘वास्तविक रुपमा व्यवसाय गरेका सफल व्यवसायीले मात्रै महासंघको नेतृत्व सम्हाल्न सक्छ,’ भेटघाटका क्रममा जिल्ला अध्यक्षहरुले भने, ‘चन्द्र ढकाल बागलुङमा जन्मेर सानादेखि ठूला व्यवसायसम्म सफल रुपमा संचालन गरेको र सरकारदेखि विदेशी दातृ निकायसम्म पनि उत्तिकै पहुँच भएकाले ढकाल महासंघमा अहिले निर्विकल्प उम्मेदवार हुन ।’

नेपालको सुदूरपश्चितको धनगढीबाट सुरु गरेर १ नम्बर प्रदेशको धनकुटासम्म पुगेको ढकाल टीमलाई सबैजसो जिल्ला अध्यक्षले प्रत्यक्षरुपमा भेटगरी भारी मतले चुनाव जिताउन आफुहरु लागिपर्ने बताएका थिए । चुनावी अभियानको क्रममा कात्तिक २० गते धनगढी पुग्दा ढकाल प्यानललाई स्वागत गर्दै सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्ला अध्यक्षले एउटै स्वतरमा भने ‘हामीले डेढ दशकपछि साना मझौला तथा जिल्लाका उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न सक्ने व्यक्ति पाएका छौं त्यसैले आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारीलाई जिताउनुको विकल्प छैन ।’

सो कार्यक्रममा सुदूरपश्चिम प्रदेशका १० जिल्ला नगर अध्यक्षमध्ये ८ जनाले प्रत्यक्ष रुपमा उपस्थित भई जिताउन लाग्ने बताएका थिए । सो प्रदेशको चुनावी साभामा अन्य प्रदेशका जिल्ला नगरका अध्यक्ष समेत गरी ३ दर्जनभन्दा बढी अध्यहरुको उपस्थिती रहेको थियो सुदूरपश्चितमको धनगढीबाट सुरु भएको सो चुनावी अभियानमा नेपालगंज, बुटवल, चितवन, पोखरा हुँदै काठमाडौंसम्म आइपुग्दा सबै प्रदेशका गरी ८० प्रतिशतभन्दा बढी जिल्ला नगर अध्यक्षले आसन्न निर्वाचनमा ढकाल टीमलाई यस पटकको निर्वाचनमा जगरी पनि जिताउनुपर्ने भन्दै चुनावी अभियानमा होमिएका थिए । जसमा ५० भन्दा बढी जिल्लाका अध्यक्षहरुसँगै सहभागी भएर चुनाव प्रचारप्रसारमा हिडेका थिए ।

ढकाल समूहले कत्तिक २७ गते १ नम्बर प्रदेशको भेडेटारमा गरेको चुनावी अभियानमा ५२ जिल्ला नगरका अध्यक्ष एवं प्रतिनिधिहरु उपस्थित भएका थिए ।

करिव २ दर्जन जिल्ला नगरबाट पूर्व अध्यक्ष तथा पदाधिकारीहरु प्रतिनिधित्व गर्दै ढकाल टीमलाई समर्थन गर्न उपस्थित भएका थिए ।
ढकाल टीमको स्वागतमा नेपालगंजमा आयोजित कार्यक्रम महासंघको केन्द्रिय अधिवेशन वा विजय सभाभन्दा कम थिएन । नेपालगंजको झकिझकाउ सजावटबाट सिगारिएको सभाहलमा उपस्थित कर्णाली र ५ नम्बर प्रदेशका जिल्ला नगरका अध्यक्षहरुले अब महासंघमा आफुहरुको प्रतिनिधित्व नै ढकालले गर्नेभन्दै जीतको अग्रीम बधाई दिएका थिए ।

‘आजसम्म महासंघका धेरै व्यक्तिलाई मत दिएर जिताएर पढाइयो तर जिल्ला नगरका उद्योगी व्यवसायीलाई समस्या पर्दा कहिल्यै फोन उठाएनन् भने समस्या समाधान गर्ने प्रयत्न पनि गरेनन्,’ कार्यक्रममा उपस्थित जिल्ला नगरका अध्यक्षहरुले भने, ‘वरिष्ठ उपाध्यक्ष ढकालको देशभर आफ्ना उद्योग व्यवसाय फैलिएको, यसअघि पनि आफ्ना समस्या समाधान गरिदिन खटिने गरेको र महासंघका आफ्ना साथीहरु कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी र महासंघका केन्द्रीय सदस्य किशोर आचार्य दुर्घटनामा पर्दा दिनरात नभनी खटिएर एयरलिफ्टमार्फत उद्धार गरी उपचार गराउनु भयो त्यसको गुन तिर्न पनि हामीले निर्विकल्प रुपमा ढकाललाई जिताउनु पर्छ ।’

जिल्ला नगरका अध्यक्षहरुको ढकाल समक्ष एउटै माग थियो, ‘यस अघि धेरैलाई जिताएर नेतृत्वमा पुर्यायौ अहिले आफुहरुलाई समस्या परेर फोन गर्न न फोन उठ्छ न समस्या समाधान गर्दिन्छन् तर तपाई चुनाव जितेर नेतृत्वमा पुगेपछि त्यसो नगरिदिनुहोला ।’ साथै उनीहरुले महासंघका ढकालजस्तो एक असल अविभावक पाएको भन्दै खुशीको अनुभुति गरेका थिए ।

साथै ढकालले पनि ६ प्रदेशका विभिन्न स्थानमा भएका कार्यक्रममा आफुले चुनाव जितेर गएसँगै नेतृत्वको फोन नउठ्ने भन्ने गुनासो सम्बोधन हुने विश्वास दिलाउँदै आगामी दिनमा जिल्ला नगरकै उद्योगी व्यवसायीसँग सहकार्य गरेर आफुले व्यापार व्यवसाय विस्तार गर्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

यसैगरी ५ नम्बर प्रदेशको वुटवलमा आयोजित कार्यक्रममा सो प्रदेशका सबैजसो जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले अबको महासंघमा ढकाल निर्विकल्प रहेको बताएका थिए ।

जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीको आफ्नै प्रदेशमा आयोजित सो कार्यक्रमा जिल्ला अध्यक्षहरुले सानादेखि ठूलो व्यवसायसम्म सफल रुपमा संचालन गर्दै आएका ढकाल र जिल्ला नगरका हेरक समस्यासम्म जुध्दै आएका तिवारीको टीमलाई जिताउनु नै समग्र व्यवसायीको हित हुने बताएका थिए । यसैगरी ढकाल आफैले प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षले ढकाल प्यानललाई एकछापे भोट हाल्ने भन्दै अन्य प्रदेशका अध्यक्षहरुलाई समेत उक्त टीमलाई दुई तिहाई भन्दा बढी भोट दिएर जिताउन आग्रह गरेका थिए ।

कार्यक्रममा उपस्थित जिल्ला अध्यक्षहरुले महासंघको नेतृत्व गर्ने व्यक्ति हरेक हिसाबले सबल र सक्षम हुनुपर्ने भन्दै सोका लागि वरिष्ठ उपाध्यक्षका ढकाललको विकल्प नभएको बताएका थिए ।

त्यस्तै वागमती प्रदेशमा पनि कुल १६ मध्ये १२ ओटा जिल्ला नगरका अध्यक्षहरु उपस्थित भएर आसन्न निर्वाचनमा ढकाल प्यानलको विकल्प नरहेको बताएका थिए ।

सो कार्यक्रममा ढकाल प्यानललाई जिताउन कमिटि गठन गरेको भन्दै सोही अनुरु अघि बढ्न आग्रह समेत गरेका थिए । यसैगरी चुनावी अभियानमा रहेको ढकाल समुहलाई गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष विरु चौधरी, राजापुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रेग्मी, गैडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले आआफ्नै महासंघको सभाकक्षमा स्वागत गर्दै ढकाल समुहलाई आफ्नो पूर्ण साथ र समर्थन रहेको बताएका थिए ।

यसैगरी चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र खैरेनी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र सापकोटाले संयुक्त रुपमा चितवनमा स्वागत गर्दै आफ्नो पूर्ण साथ रहेको भन्दै जीतको अग्रीम शुभकामना दिएका थिए । चुनावी अभियानको क्रममा रहेको ढकाल समुहलाई १ नम्बर प्रदेशको भेडेटारमा स्वागत गर्दै सो प्रदेशअन्तर्गतका जिल्ला नगर अध्यक्षहरुले ढकाल नेतृत्वको टीमले आफ्ना व्यवसायीका समस्या समाधान गर्न सक्ने बताएका थिए । कार्यक्रममा उपस्थित सो प्रदेशका १७ ओटा जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यानलसँग आफ्नो मन र एजेन्डा मिलेको भन्दै कुनै पनि शक्तिले सो समुहलाई पराजित गर्न नसक्ने उद्घोष गरेका थिए ।

6330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका