जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • अहिले बैङ्कहरू एनपीए व्यवस्थापनमा लागि परेका छन्: गभर्नर अधिकारी 

अहिले बैङ्कहरू एनपीए व्यवस्थापनमा लागि परेका छन्: गभर्नर अधिकारी 

नेपाल राष्ट्र गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ्ग क्षेत्रको रिकभरीको चुनौती कायमै रहेको बताए । कृषि विकास बैङ्कको ५७औँ वार्षिकोत्सवमा अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रमा देखिएका केही उतारचढावले बैङ्किङ क्षेत्रको रिकभरीमा चुनौती रहेको बताए । ‘बैङ्किङ बाहेकका अर्थतन्त्र अन्य खम्बाहरू बलियो बन्दै गएको उनको दाबी छ । अर्थतन्त्रमा केही उतारचढाव कायमै छ । यसले बैङ्किङ क्षेत्र बैंकिङ्ग क्षेत्र रिकभरीमा चुनौती कायमै छ । बैंकिङ्ग चुनौती विहीन क्षेत्र होइन’ गभर्नर अधिकारीले भने, ‘अन्य खम्बाहरू बलिया बन्दै गएका छन्, त्यसले हामी सपोर्ट गर्नेछ।’

हल्लाको रूपमा भने जस्तो समग्र अर्थतन्त्र नकारात्मक नभएको अधिकारीले बताए । निर्माण क्षेत्र सुस्ताएकोले त्यसको असर ठुला उद्योगहरूमा देखिएको बताए । यद्यपि, यसमा क्रमशः सुधार हुँदै जाने उनको भनाई छ । उनले भने,‘ रिकभरीको असर स्वरूप केही खराब कर्जा व्यवस्थापनमा प्रेसर परेको छ । यद्यपि, सबै बैङ्कहरू एनपीए व्यवस्थापनमा लागि रहेको हामीले अनुभव गरिरहेका छौँ ।’

उनले बाह्य क्षेत्रमा आएको सुधारले थप हौसला मिलेको बताए । गभर्नर अधिकारीले भने,‘अहिले लिक्टिीटि स्ट्रोङ्ग छ, राजश्वको अवस्था पनि राम्रो हुँदै गएको छ । समग्र अर्थतन्त्रलाई कतिपयले नकारात्मक रूपले हेरे पनि त्यस्तो नराम्रो छैन । बाह्य क्षेत्रको सुधारले थप हौसला मिलेको छ’, उनले थपे,‘प्रशस्त आयात धन्न सक्ने अवस्था पुगेको छौँ । ऐतिहासिक रूपमा धेरै विदेशी मुद्रा सञ्चिति भएको छ ।’

बैंकिङ्ग क्षेत्रमा प्रशस्त मात्रामा लगानीयोग्य रकम थुप्रिएको तर कर्जाको माग भने बढ्न नसकेको गभर्नर अधिकारीले बताए । ‘अलिकति माग कमजोर भइरहेको अवस्था हो । त्यसले कर्जाको माग जुन रूपमा हुनुपर्ने हो, त्यो भएको छैन । डिमान्ड भएन भन्दैमा जथाभाबी पैसा बाँड्ने कुरा पनि हुँदैन

810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका