जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङ जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ। बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाउँमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ।

गोठगाउँ शाखाको उद्घाटन प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उप कुलपति प्राडा यादवराज कोइराला, नबिल बैंकका सञ्चालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रुपमा गरेका थिए। कार्यक्रममा अथितिहरु पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संघठन मोरङका सभापति राकेश सुराना, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायत बैंकका उच्च अधिकारीहरुको उपस्थिति थियो।

नबिल बैंकका सञ्चालक पौड्यालले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए।

प्रमुख अतिथि कोइरालाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए। उनले स्थानीयस्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए। पूर्वाञ्चल विश्वविद्यालय केन्दीय कार्यालय परिसरबाट हुने बैंकिङ सेवा विस्तारले विश्वविद्यालयका विद्यार्थी, कर्मचारी साथै स्थानीयसमेत लाभान्वित हुने कुरा बताए।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले स्वागत मन्तव्य राख्दै पूर्वाञ्चल विश्वविद्यालय, गोठगाँउमा बैंकको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय रहेको बताए। ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ। साथै, निकट भविष्यमा नै विश्वविद्यालयका लागि अडिटोरियम हल निर्माणमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत सहयोग गर्नेमा हामी प्रतिबद्ध रहेका छौँ’, ढुंगानाले बताए।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो। बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएकोे छ। नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ।

960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?