जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल बङ्गलादेश बैंकको ९८ औं शाखा राजविराजमा

नेपाल बङ्गलादेश बैंकको ९८ औं शाखा राजविराजमा

नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा सप्तरीको राजविराज नगरपालिका वडा नं ४ मा आफ्नो ९८औं शाखा संचालनमा ल्याएको छ । यस बैंकले बिहिबारबाट सप्तरीको राजविराज शाखा उद्घाटन गरि औपचारिक कारोबार शुभारम्भ गरेको हो ।

उक्त शाखाको औपचारिक उद्घाटन राजविराज नगरपालिकाका मेयर शम्भु यादव तथा बैँकका प्रादेशिक प्रमुख बाल कृष्ण श्रेष्ठले गरेका हुन् ।

बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

यो शाखासहित बैंकले ९८ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको बैंक्ले जनाएको छ ।

3890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका