नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई मङ्सिर १८ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।
यस संगै अब बैंकले ८.५ प्रतिशत ब्याजदर भएको ७ बर्षे अवधिको ४ अर्ब रुपैयाँ बराबरको नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४ नामक ऋणपत्र निष्काशन गर्ने छ । बैंकले बिक्रि गर्न लागेको ४ अर्बको ऋणपत्र मध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि छुट्याएको छ भने बाँकी २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरमा निष्कासन गर्नेछ।
ऋणपत्र निष्काशनको लागि बिक्रि प्रबन्धकमा आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।