जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सुन तोलामा १५ सयले बढ्यो, मंगलबार पुग्यो तोलाको ९४ हजार १ सय

सुन तोलामा १५ सयले बढ्यो, मंगलबार पुग्यो तोलाको ९४ हजार १ सय

सामान्य उतारचढाव हुँदै  आएको सुनको भाउ मंगलबार एकै दिन तोलामा १५ सय रूपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको कारोबार मूल्य ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबारका तुलनामा २ सय रूपैयाँ घट्दै आइतबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा भएको थियो। सोमबार तोलामा एक सय रुपैयाँले घटेर तोलाको ९२ हजार ६ सय भएको सुन मंगलबार अन्तर्राष्ट्रिय बजारमा आएको बढोत्तरीसँगै वृद्धि भएको हो।

चाँदी पनि तोलामा ३० रुपैयाँले बढेको छ। मंगलबारका लागि चाँदीको कारोबार मूल्य तोलाको १२ सय ३५ रुपैयाँ कायम भएको छ। सोमबार ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५ रुपैयाँमा थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ। कोभिडविरुद्ध भ्याक्सिन तयार भएपछि लगानीका अन्य क्षेत्र सहज हुँदा सुनको मूल्य घट्ने अनुमान गरिएको थियो। त्यस विपरीतको घटबढले भाउ कसरी जान्छ भन्ने अनुमान नै गर्न नसकिने भएको व्यवसायीले बताएका छन्।

5585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका