जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ८ करोड कित्ताको आईपिओ निष्काशन अनुमति माग्दै नेपाल इन्फास्ट्रक्चर बैैंक धितोपत्र बोर्डमा

८ करोड कित्ताको आईपिओ निष्काशन अनुमति माग्दै नेपाल इन्फास्ट्रक्चर बैैंक धितोपत्र बोर्डमा

देशकै ठूलो नेपाल इन्फास्ट्रक्चर बैंक आठ करोड कित्ता आईपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमतिको लागि पुगेको छ ।

बैंकले यही मंसिर ८ गते धितोपत्र बोर्डमा आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै निवेदन दर्ता गराएको छ । एनआईबिएल एस क्यापिट बिक्री प्रबन्धक रहेको सो आईपिओ हालसम्मकै सबैभन्दा ठूलो हो । यसअघि नेपाल पुनर्बीमा कम्पनीले दुई करोड कित्ता आईपिओ निष्काशन गरेको भएपनि सोको तुलनामा चार गुणा ठूलो आईपिओ आउन लागेको हो ।

हाल नेपाल इन्फास्ट्रक्चर बैंकको चु्क्ता पुँजि कूल १२ अर्ब छ । आईपिओ जारी गरेपछि बैंकको कूल चुक्ता पुँजि २० अर्ब पुग्ने छ । बैंकले विकास पूर्वाधारमा मात्रै लगानी गर्न पाउनेछ । पूर्वाधार विकासको लागि नेपाल सरकार, बैंक वित्तीय संस्था तथा विभिन्न औद्योगिक घरानाले स्थापना गरेको बैंक देशको सबैभन्दा धेरै चुक्ता पुँजि भएको बैंक हो ।

3790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका