जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंक वीरगंजको ८ लाख लुट प्रकरणमा सीसीटीभी फुटेजले खोल्यो रहस्य, ३ युवक पक्राउ

माछापुच्छ्रे बैंक वीरगंजको ८ लाख लुट प्रकरणमा सीसीटीभी फुटेजले खोल्यो रहस्य, ३ युवक पक्राउ

माछापुच्छ्रे बैंकको यहाँस्थित शाखा आएका एक युवकको ८ लाख रूपैयाँ लुटपाट प्रकरणको रहस्य सीसीटीभी फुटेजमा रेकर्ड भएको दृश्यले खोलेको छ।

तीनै जनालाई पक्राउ गरेर अनुसन्धान गरेपछि घटना नियोजितरूपमा मिलोमतोमा भएको निष्कर्षमा प्रहरी पुगेको हो। बैंकको सीसीटीभी फुटेजबाट रकम जम्मा गर्न आएका वीरगंजका मनु भनिने मनोज पटेल र मोटरसाइकलमा आएका विशालकुमार सर्राफ र रौतहटका विराजकुमार साह देखिएका छन्।

पटेल वीरगंजका एक व्यवसायीका कर्मचारी हुन्। सीसीटीभी फुटेजमा उनी गत मंसिर १४ गते दिउँसो साढे १२ बजे रकम जम्मा गर्न बैंकको गेटमा झोला लिएर उभिएका देखिन्छन्। त्यसैबेला सीबीजेड मोटरसाइकलमा विराज साह आउँछन् र उनको पछाडि विशालकुमार सर्राफ बसेका हुन्छन्। दुवैले पटेलको हातको झोला खोसेर भाग्छन्।

त्यसपछि पटेलले जिल्ला प्रहरी कार्यालय पर्सामा ‘रकम लुटियो’ भनेर जाहेरी दिए। जाहेरीपछि प्रहरीले अनुसन्धान थाल्दा तीन जनाकै मिलेमतोमा घटना भएको निष्कर्ष आएको हो। सीसीटीभी फुटेज हेर्नुका साथै र मनुको बयानको आधारमा प्रहरीले सर्राफको घरमा छापा मारेको थियो।

त्यहाँबाट १ लाख ३० हजार र लुटपाट गर्न प्रयोग भएको सीबीजेड मोटरसाइकल बरामद भयो। जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उनीहरूविरुद्ध डाँका, चोरी तथा आपराधिक विश्वासघात मुद्दा चलाइएको छ।

विशाल र विराजमाथि डाँकाचोरीको र मनुविरुद्ध डाँकाचोरी र आपराधिक विश्वासघातको आरोपमा मुद्दा चलाइएको छ

3475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?