जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर माघ २ गतेबाट, दोस्रो साता बाँडफाँड गरिसक्ने योजना

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर माघ २ गतेबाट, दोस्रो साता बाँडफाँड गरिसक्ने योजना

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले  माघ २ गतेबाट साधारण सेयर निष्कासन गर्ने भएको छ। बैंकले माघ दोस्रो सातामै सेयर बाँडफाँड गर्ने तयारी गरेको छ। देशकै पहिलो पूर्वाधार बैंकले ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने छ।

सेयर जारीपछि चुक्ता पुँजी २० अर्ब रुपैयाँ हुने छ। सर्वसाधारणलाई कम्पनीले ४० प्रतिशत सेयर वितरण गर्ने छ। यसमध्ये ०.२ प्रतिशत सेयर कर्मचारीका लागि छुट्याइएको छ। ५ प्रतिशत हाराहारी सेयर सामूहिक लगानी कोष कम्पनीहरुले पाउने छन्।

कम्पनीको कुल सेयरमा १० प्रतिशत सेयर सरकारको छ। बाँकी पैसा निजी क्षेत्रले लगाएको छ। बैंकको सञ्चालक समिति अध्यक्षमा अनुज अग्रवाल छन् भने सञ्चालकहरूमा चन्द्रप्रसाद ढकाल, श्रीकृष्ण नेपाल र लालमणि जोशीलगायत छन्।

साधारण सेयर जारीपछि सञ्चालक समितिमा तीन जना सर्वसाधारणबाट सञ्चालक बन्ने छन्। अनिल ज्ञवाली कार्यकाल पूरा गरेर अघिल्लो साता बाहिरिएपछि कामु प्रमुख कार्यकारीको जिम्मेवारीमा भुपेन्द्र पाण्डे छन्। बैंकले अहिले प्रमुख कार्यकारीका लागि आवेदन माग गरेको छ।

चालु वर्षको पहिलो त्रैमास अनुसार बैंक १८ करोड रुपैयाँ नाफामा छ। यो नाफा परियोजनाबाट भन्दा पनि ब्याज आम्दानीबाट भएको हो। बैंकले आफ्नो पुँजी बैंकहरुमा निक्षेपका रुपमा राखेका कारण त्यसैको ब्याजबाट आम्दानी देखिएको हो। २८ करोड ९५ लाख रुपैयाँ बैंकले यस्तो आम्दानी गरेको छ।

बैंकले २० अर्बको ‘निफ्रा डेब्ड फण्ड’ स्थापना गर्ने र विदेशी वित्तीय बजारबाट ग्रीन बण्ड जारी गर्ने तयारी गरिरहेको छ। यो बन्ड ५ अर्बको हुने छ। बैंकले आफ्नो अगुवाइ/सह-अगुवाइमा जलविद्युत, सिमेन्ट क्लिंकराइजेसन एवं सौर्य ऊर्जासमेत गरी ५ वटा परियोजनाहरुमा ६ अर्ब कर्जा स्वीकृत गरिसकेको छ।

3080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका