जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआईसी एशिया लघुवित्तका ग्राहकले पाए व्याज रकममा १० प्रतिशत छुट

एनआईसी एशिया लघुवित्तका ग्राहकले पाए व्याज रकममा १० प्रतिशत छुट

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई व्याज रकममा १० प्रतिशत छुट दिएको छ । संस्थाले ब्याज रकममा १० प्रतिशत प्रतिशत छुट प्रदान गर्ने योजना अन्तर्गत ग्राहकलाई बैंशाख महिनाको व्याजमा सो मात्राको छुट दिएको हो ।

संस्थाले आफ्ना सेवाग्राहीलाई यस असहज परिस्थितिमा केहि मात्रामा भएपनि सहयोग गर्ने अभिप्रायले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम (साँवा र ब्याज) बैशाख २४ गतेदेखि ३१ गतेसम्ममा बुझाएमा सम्बन्धित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत प्रतिशत छुट प्रदान गर्ने योजना बैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो ।

सोही योजना अनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४ हजार ६७६ ऋणी सदस्यले यस संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधि भित्र बुझाई यस योजनामा सहभागी भएका छन् । साथै, उनीहरुले यस योजनामा सहभागी भए वापत ब्याजमा जम्मा १५ लाख १८ हजार २०२ रुपैयाँ छुट पाएका छन् । साथै, ग्राहकको ब्याज छुट रकम सम्बन्धीत ऋणीको बचत खातामा जम्मा गरिसकेको जानकारी गराएको छ ।

संस्थाले हाल ६९ जिल्लामा २४७ शाखा कार्यालय सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखिएको छ ।

11325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका