जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • विकास बैंहरुको नाफा ४ अर्व भन्दा बढि, पहिलो मुक्तिनाथ विकास बैंक, दोस्रो गरिमा विकास बैंक, तेस्रो साइन रेसुङ्गा विकास बैंक र चौथोमा लुम्बिनी विकास बैंक, पाँचौमा महालक्ष्मी विकास बैंक

विकास बैंहरुको नाफा ४ अर्व भन्दा बढि, पहिलो मुक्तिनाथ विकास बैंक, दोस्रो गरिमा विकास बैंक, तेस्रो साइन रेसुङ्गा विकास बैंक र चौथोमा लुम्बिनी विकास बैंक, पाँचौमा महालक्ष्मी विकास बैंक

१७ विकास बैंकहरुको नाफा बढेको मात्रै छैन । लेख्न र पढ्न लायक पनि छ भन्दा अब चाहि फरक पर्दैन । चालु आर्थिक वर्षको १० महिनामा विकास बैंकहरुले नाफा ४ अर्ब भन्दा बढि कमाएको भेटिएको छ । नाफामा मुक्तिनाथ विकास बैंक पहिलो भएको छ भने दोस्रोमा गरिमा विकास बैंक रहेको देखिन्छ । मुक्तिनाथ विकास बैंकलाई गरिमा विकास बैंकले पछ्याउँदै गएको देखिन्छ । यस्तै तेस्रोमा शाइन रेसुङ्गा विकास बैंकले नाफा कमाएको छ भने चौथोमा लुम्बिनी विकास बैंकले नाफा बनाएको देखिन्छ । पाँचौमा महालक्ष्मी विकास बैंकहले नाफा कमाउन सफल भएको देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो १० महिनाको अवधिमा विकास बैंकहरुले ४ अर्ब बढी खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउन देखि २०८० वैशाखसम्मको अवधिमा विकास बैंकहरुले कुल ४ अर्ब २९ करोड खुद नाफा गरेको भेटिएको छ । जस मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक ९५ करोड ७२ लाख खुद नाफा कमाएको छ । त्यस्तै गरिमा विकास बैंकले ६९ करोड खुद नाफा कमाउँदा शाइन रेसुंगाको खुद नाफा ६१ करोड ८३ लाख रहेको छ । त्यस्तै लुम्बिनी विकास बैंकले ४७ करोड ७७ लाख खुद कमाएको छ भने महालक्ष्मी विकास बैंकले ४५ करोड ५६ लाख खुद नाफा कमाएको देखिन्छ ।

सबै भन्दा कम नाफा कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक रहेको छ। ग्रीन डेभलपमेन्ट बैंकले १ करोड १९ लाख खुद नाफा कमाएको छ । त्यस्तै कर्णाली डेभलपमेन्ट बैंकले १ करोड १ करोड २६ लाख तथा कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ६६ लाख खुद नाफा कमाएको देखिन्छ । सप्तकोशी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सालपा विकास बैंक भने घाटामा रहेको भेटिएको छ । जस सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नोक्सानी सबैभन्दा धेरै २८ करोड ४५ लाख रहेको छ । त्यस्तै एक्सेलको खुद नोक्सानी ६ करोड ४९ लाख रहेको छ भने नारायणीको खुद नोक्सानी ३ करोड ६९ लाख रहेको छ ।
कुन विकास बैंकको खुद नाफा/नोक्सान कति ?

1060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका