जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनसीसी बैंकको विज्ञ सञ्चालकमा राजाराम खड्का

एनसीसी बैंकको विज्ञ सञ्चालकमा राजाराम खड्का

बैंकिङ क्षेत्रमा २० बर्ष सक्रिय भएर चार बर्ष अगाडि हराएका राजाराम खड्का फेरि बैंकिङमा फर्किएका छन्।

ब्यवस्थापनमा बसेर काम गरेका खड्का यसपाली भने सञ्चालकका रुपमा फर्किएका हुन्। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले उनलाई आइतबार विज्ञ सञ्चालकमा नियुक्त गरेको हो।

खड्का चार बर्षे कार्यकालका लागि नियुक्त भएका हुन्। बैंकले यसअघि बार्षिक साधारणसभाबाट अन्य सञ्चालक चयन गरिसकेको छ।

खड्का एनसीसी बैंकमा बिलय भएको इन्टरनेशनल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। बिलयपछि उनी एनसीसीमा नायव महाप्रबन्धक भएर केही समय काम गरे। त्यसपछि स्वेच्छिक अवकाश लिएर बिदा भएका थिए।

इन्टरनेशनल डेभलपमेन्ट बैंक उनकै पहलमा खोलिएको थियो। त्यसअघि उनी सनराइज बैंकको सिनियर म्यानेजर थिए। सनराइजअघि तत्कालिन एनआइसी बैंकको म्यानेजर थिए।

पछिल्लो समय उनी गरिमा सिमेन्टको प्रबन्ध निर्देशक छन्।

7045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका