जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय बीमा संस्थान आजदेखि स्थापनाको ५४ वर्ष पूरा गरी ५५ औ वर्षमा प्रवेश गरेको छ । संस्थानले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनी, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल लगायतको उपस्थिति थियो ।

बीमा व्यवसायको आवश्यकता र महत्वलाई जनमानसमा स्थापित गराउन, वित्तीय स्रोतको परिचालनको माध्यमबाट अर्थतन्त्र सुदृढीकरण गर्न, बीमा सचेतना बढाउन र बीमाको पहुँच बृद्धिमा संस्थानले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ । यस अभियानमा सहयोग पुर्याउने नेपाल सरकार, बीमा समिति, शेयरधनीहरु, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, संस्थागत तथा व्यक्तिगत बीमित, अभिकर्ता, पूनर्बीमक लगायत सबै सरोकारवाल र शुभचिन्तकहरुमा संस्थाले हार्दिक आभार व्यक्त गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी अर्थमन्त्रालयका अर्थ सचिव मधुकुमार मरासिनीले संस्थानमा १५ वर्ष अगाडी जुन किसिमको समस्या थियो आज पनि त्यहि रहेको भन्दै दुखेसो पोखे । मन्त्रालयमा नयाँ कम्पनी खोल्नका लागि अनेक दावव आइरहेको तर संस्थानले व्यवसाय बृद्धि गर्न नसकेको भन्दै व्यवसाय बढाउन समेत अनुरोध गरेका छन् । नेपालको इतिहास बोकेको संस्थानले जति गर्नु पर्थ्यो त्यति गर्न नसकेको भन्दै उनले संस्थानलाई प्रतिस्पर्धी बनाएर अगाडी बढ्न समेत अनुरोध गरेका छन् ।

संस्थानले आगामी दिनमा सूचना प्रविधिमा जोड दिदै अझ भरपर्दो, स्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले ६ जना कर्मचारीलाई १५ हजार रुपैयाँ नगद सहित जम्मा गरेको छ । त्यस्तै सबैभन्दा धेरै व्यवसाय भित्र्याउने १० अभिकर्ताको पनि सम्मान गरेको छ ।

5370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?