जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आजदेखि राष्ट्र बैंकका डेपुटी गभर्नरद्वयको अवकाश

आजदेखि राष्ट्र बैंकका डेपुटी गभर्नरद्वयको अवकाश

नेपाल राष्ट्र बैंकले आज दुईजना डेपुटी गभर्नरहरुको बिदाई गर्दैछ । ५ वर्षे कार्यकाल सकिएपछि डेपटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले आजबाट अवकाश पाउन लागेका हुन् ।

आजबाट बिदाई हुन लागेका डेपुटी गभर्नरका लागि नेपाल राष्ट्र बैंकले मेरियट होटलमा बिदाई रिसेप्सनको आयोजना गर्दैछ ।

साँझ ६ बजे यस्तो कार्यक्रम आयोजना गरिएको राष्ट्र बैंकका सह प्रवक्ता नारायण पोखरेलले जानकारी दिए । उनले राष्ट्र बैंकमा लामो समय सेवा गरेबापत डेपुटी गभर्नरहरुलाई सम्मान तथा बिदाई गर्न उक्त कार्यक्रम आयोजना गरेको बताए ।

पाँचतारे होटलमा कार्यक्रम आयोजना भए पनि बिदाई समारोह धेरै भब्य भने नहुने पोखरेलले जानकारी दिए ।

२०७२ साल फागुन १८ गते शिवाकोटी र श्रेष्ठलाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका दुवै जनालाई तात्कालिन केपी ओली सरकारले नै नियुक्त गरेको थियो । नियुक्त भएकामध्ये शिवाकोटी वरिष्ठतामा पहिलो थिए ।

दुवैजनाले पहिलो ४ वर्ष निवर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालसँग काम गरेका थिए भने पछिल्लो १ वर्ष वर्तमान गभर्नर महाप्रसाद अधिकारीसँग काम गरेका छन् । यो कार्यकालभित्र बैंकको चुक्तापुँजी वृद्धि गर्ने, जोखिममा आधारित सुपरिवेक्षण लागु गराउने, बासेल ३ को पूर्ण कार्यान्वयन गर्ने, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था लागु गराउने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको छ ।

6635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका