जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • शाइन रेसुङ्गा बैंकले एकैपटक सञ्चालनमा ल्यायो ५ वटा शाखा

शाइन रेसुङ्गा बैंकले एकैपटक सञ्चालनमा ल्यायो ५ वटा शाखा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले राजधानीको पाँच स्थानमा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले राजधानीको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा आफ्नो शाखा उद्घाटन गरेको जनाएको छ।

बुटवलमा २०६५ सालबाट तीन जिल्ला कार्यक्षेत्र भएको विकास बैंकको रुपमा शाइन डेभलपमेन्ट बैंकले बैैकिङ कारोबार सुरु गरेको थियो।

गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंकलाई २०६९ सालमा मर्ज गरी १० जिल्लामा कार्यक्षेत्र विस्तार गर्दै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नामबाट २०७३ साल ज्येष्ठ २९ बाट प्यूठान जिल्ला कार्यक्षेत्र भएको गौमुखी विकास बैंकलाई मर्ज गरी कारोबार सुरु गरेको थियो।

बाँकेमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंक र भैरहवाको पूर्णिमा विकास बैंकलाई २०७६ सालमा एक्विजिसन गरी २०७६ मंसिर १० गतेबाट राष्ट्रियस्तरको विकास बैंक बनेको थियो।

विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने ६५ जना संस्थापकको ६ करोड रुपैयाँ चुक्ता पूँजीबाट सञ्चालनमा आएको शाइन रेसुङ्गा बैंकको हाल चार अर्बभन्दा बढी पूँजीकोष रहेको बैंकले जनाएको छ।

चार लाखभन्दा बढी ग्राहक संख्या, ३३ अर्बभन्दा बढी निक्षेपसँगै ३१ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी रहेको जानकारी पनि बैंकले दिएको छ। बैंकमा आठ सयभन्दा बढी कर्मचारी र ८० शाखा सञ्चालनमा रहेको बताइएको छ

9060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका