जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • हिमालयन-इन्भेष्टमेन्ट बैंक मर्जर: हिमालयन बैंकका अध्यक्ष अस्पताल भर्नापछि पर सर्‍यो बैठक

हिमालयन-इन्भेष्टमेन्ट बैंक मर्जर: हिमालयन बैंकका अध्यक्ष अस्पताल भर्नापछि पर सर्‍यो बैठक

टीआर उपाध्याय एकाउन्टिङ फर्मले दिएको डीडीए प्रतिवेदनमाथि छलफल गर्न सोमबार डाकेको हिमालयन बैैंकको सञ्चालक समिति बैठक स्थगित भएको छ।

सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद गौतम बिरामी भएर अस्पताल भर्ना भएपछि बैठक स्थगित भएको हो।

कर्मचारी सञ्चय कोषका तर्फबाट प्रतिनिधित्व गरेका गौतम आन्तरिक रक्तश्राव भएपछि गत शुक्रबार धुलिखेल अस्पताल भर्ना भएका थिए। उनको स्वास्थ अवस्था अहिले सामान्य छ। सम्भवतः बुधबारसम्म उनलाई अस्पतालले डिस्चार्ज गर्ने छ।

‘अध्यक्ष नभइ बैठक बस्ने कुरा भएन,’ अर्का एक सञ्चालकले भने, ‘त्यसैले मर्जर प्रक्रिया थोरै पर धकेलिन सक्छ।’

डीडीएको रिपोर्ट अघिल्लो साता आएको हो। हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको आन्तरिक तयारी भइरहेको छ।

इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिले मर्जर गर्ने निर्णय गरिसकेको छ। हिमालयन बैंकको सञ्चालक समितिले पनि यही बारेमा निर्णय गर्न खोजेको हो।

8675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका