जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • यती एअरलाइन्सको बोर्डिङ पास लिने यात्रुलाई सहुलियत भौचर

यती एअरलाइन्सको बोर्डिङ पास लिने यात्रुलाई सहुलियत भौचर

हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाइन्सले आफ्नो वायुयान मार्फत् यात्रा गर्ने यात्रुलाई बोर्डिङ्ग पासमार्फत् थप सहुलियत दिने भएको छ । यती एअरलाइन्सको वायुयानमा यात्रा गर्ने यात्रुलाई नेपालको लोकप्रिय ई–कमर्स ग्यापुसँगको सहकार्यमा यो सुविधा उपलब्ध गराउने यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार जुनसुकै मुल्यको टिकट खरीद गरी यती एअरलाइन्स मार्फत् यात्रा गर्ने प्रत्येक यात्रुले रु. ५०० मुल्य बराबरको छुट सुविधा प्राप्त गर्नेछन् ।

एअरलाइन्समा यात्रा गरिसकेपछि ग्यापु अनलाइन मार्फत् सामान खरिद गर्दा रु. २०० को सपिङ्ग भौचर र एक्सेलट्रिपको रिर्जभेसनमा रु.३०० को ट्राभल भौचर गरी जम्मा रु. ५०० मूल्य बराबरको सहुलियत दिने भएको हो । साथै यो सहुलियत लिएर समान खरिद गर्नेहरुमध्ये प्रत्येक दिन एकजनाले ग्यापुको तर्फबाट थप उपहार समेत प्राप्त गर्नेछन् ।

उक्त सम्झौतासँगै आज अप्रिल १ देखि नै यती एअरलाइन्स मार्फत यात्रा गर्ने यात्रुहरुले यो सहुलियत पाउनेछन् । सो सहुलियत पाउनको लागि ग्यापुमा सामान खरिदको क्रममा इन्टर योअर कोड अप्सनमा गई ग्यापुयति १०० लेख्नुपर्छ भने एक्सेलट्रिपमा टिकटहरु रिर्जभेसन गर्दा एक्सेल ट्रिप २०० कोड राख्नुपर्नेछ । यससँगै आजैदेखी यती एअरलाईन्सको वोर्डिङ पासहरुमा ग्यापुको लोगो अंकित जानकारीमुलक सामग्रीका साथै भौचर कोड समेत रहनेछ ।

यात्रुहरुलाई थप सुविधाहरु प्रदान गर्न विभिन्न साझेदारी संस्थासँग सहकार्य गर्दै आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको यतिले भविष्यमा पनि आफ्ना यात्रुहरुलाई प्रत्यक्ष लाभ हुने यस्तै किसिमका कार्यक्रमहरु ल्याउने योजना रहेको प्रवक्ता बर्तौलाले जानकारी दिए ।

6445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका