जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नबिल बैंक र तयारी पोशाक उत्पादन संघबीच व्यवसायिक सम्झौता

नबिल बैंक र तयारी पोशाक उत्पादन संघबीच व्यवसायिक सम्झौता

नबिल बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघबीच व्यवसायिक सम्झौता भएको छ। सम्झौता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर बैंकिङ सेवा दिनेछ।

सम्झौतापत्रमा बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरजकुमार बस्नेत (डनिल) र संघका अध्यक्ष किशोर नेपालले हस्ताक्षर गरेका छन्। कार्यक्रममा बैंकका लघुवित्त विभाग प्रवन्धक मनोजकुमार यादब र संघका उपाध्यक्ष सुमित प्रधान उपस्थित थिए।

सम्झौतापछि बस्नेतले स्थानीय उद्योग व्यवसायको उत्थानसँगै रोजगारी र उत्पादन वृद्धि हुने बताउँदै स्थानीय उद्योगको विकासका लागि वित्तिय पहुँच पुर्यानउनुपर्ने बताए। संघका अध्यक्ष नेपालले आयात प्रतिस्थापन गरेर स्वदेशी वस्तु प्रवर्द्धन गर्नेतर्फ आफ्नो संस्था अगाडि बढेको बताए।

त्यस्तै नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघका अध्यक्ष, किशोर नेपालले भने “‘नेपाली उत्पादनहरू प्रयोग गरौं, राष्ट्र निर्माणमा सहयोग गरौं’ भन्ने मुल नाराका साथ नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ स्थापना भएको छ । आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हु“दै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोशाक एउटा ठुलो सम्भावना र आशाको किरण तथा सम्बृद्धीको बाटो हुनेमा हामी विश्वस्त छौ ।

नबिल बैंकले आÏनो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जाल मार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको छ.। एक उच्च प्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिंङ प्रणालीको साथ तीन दशक भन्दा बढीको बैंकिङ अनुभवको साथ, नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

 

7325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?