जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सेयर बजारमा फेरि नयाँ रेकर्ड बन्यो, प्राधिकरणमा घिसिङ आउने हल्लापछि जलविद्युतमा लगानीकर्ता ओइरिए

सेयर बजारमा फेरि नयाँ रेकर्ड बन्यो, प्राधिकरणमा घिसिङ आउने हल्लापछि जलविद्युतमा लगानीकर्ता ओइरिए

सेयर बजारमा नयाँ रकेर्ड कायम भएको छ । निरन्तर बढिरहेको बजारमा बुधबार भने नयाँ उचाई कायम गरेको हो । अलटाईम हाइ रहेको नेप्सेले बुधबार नयाँ रेकर्ड बनाएको हो ।

राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई भएका बेला सेयर बजारमा भने नयाँ उचाइ गर्न सफल भएको हो । सामान्य अंकले बढ्दै आएको नेप्से राष्ट्र बैंकले अर्को साताको आइतबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी थालेसँगै सेयर बजारले पनि ऐतिहासिक उच्च बिन्दुमा पुगेको बताइएको छ । मौद्रिक नीतिमा बजारमैत्रि कुराहरु समेटिने आशंकाले पनि लगानीकर्ता आकर्षित भएका देखिन्छन् ।

बुधबार १२.०५ अंकले बढेर ३१२३.१५ अंकमा बन्द भएको छ । यो हालसम्म कै उच्च बिन्दु हो । यसअघि मंगलबा ३१११.०९ अंकमा बन्द भएर नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै आज नयाँ रेकर्ड बनाएको हो ।

परिसूचकसँगै कारोबार रकममा पनि बृद्धि भएको छ । तर रकेर्ड भने ब्रेक गर्न सकेन । बुधबार दिनभरिमा २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार कित्ता सेयर १ लाख ४४ हजार पटक किबनेच हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ । यसअघि हिजो मंगलबार ११ अर्ब ५२ करोड ५३ लाख २ हजार रुपैयाँको कारोबार भएको थियो ।

बुधबार विकास बैंक समूह ६४.९७ अंक, बैंकिङ समूह ४.२९ अंक, फाइनान्स समूह ४४.०२ अंक, जलविद्युत समूह १९४.०७ अंक, इन्भेष्टमेन्ट समूह ०.३१ अंक, उत्पादन समूह ३०.३५ अंकले बढेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने हल्ला चलेपछि जलविद्युतको सेयरमा लगानीकर्ता आकर्षित भएका छन् । पूव कार्यकारी निर्देशक घिसिङको कुशल नेतृत्व र क्षमताले जलविद्युत क्षेत्रमा नयाँ तरंग ल्याउने भएकाले लगानीकर्ता जलविद्युतको सेयर किन्न लागगेका हुन् ।

बुधबार जीवन बीमा समूह २.७५ अंक, माइक्रोफाइनान्स समूह १२५.८५ अंक, निर्जीवन बीमा समूह ८०.०५ अंक, अन्य समूह १९.५१ अंक, ब्यापार समूह ६०.२० अंक, होटल तथा पर्यटन समूह ७.७७ अंक र म्युचुअल फण्ड समूहको ०.१२ अंकले घटेको छ ।

4885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका