जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गर्नेको खोजी शुरु, प्रेस काउन्सिलले पनि लियो एक्सन

प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गर्नेको खोजी शुरु, प्रेस काउन्सिलले पनि लियो एक्सन

प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर दुरुपयोग गर्दै भारतीय खुफिया एजेन्सीसँग सम्झौता भनेर प्रचार समुहको खोजी शुरु भएको छ । सो फेक पत्रलाई आधार बनाएर भ्रामक समाचार लेख्नेलाई पनि प्रेस काउन्सिल नेपालले अनुसन्धान सुरु गरेको छ ।

माओवादी सम्बद्ध नेता तथा कार्यकर्ताले सो पत्रको दुरुपयोग गर्दै भ्रामक विषयबस्तु प्रस्तुत गरेपछि कानुनी निकायहरु सक्रिय बनेका हुन् । काउन्सिलले भ्रामक सम्झौताको पत्र प्रकाशन गर्ने अनलाइनलाई स्पष्टीकरण माग गरेको छ । काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले मुलुकका कार्यकारी प्रमुखलाई जोडेर मुलुक र राष्ट्रियताविरुद्धको कार्य क्षम्य नहुने बताउनुभयो । ‘यो अत्यन्तै गैरजिम्मेवार कार्य हो,’ उहाँले भन्नुभयो, ‘सम्बन्धित त्यस्ता अनलाइनसँग स्पष्टीकरण माग गर्ने र अनुसन्धान गर्ने काम सुरु भएको छ ।’

प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गरेर भ्रामक पत्र तयार गरेकोबारे नेपाल प्रहरीले पनि शुक्रबार विहानैबाट अनुसन्धान सुरु गरेको छ । साइबर ब्यूरोले प्रधानमन्त्रीको हस्ताक्षर फोटोसप गरेर पत्र तयार गर्ने समूहको खोजी सुरु गरेको जानकारी दिएको छ । राज्यविरुद्ध नै गम्भिर आक्षेप लगाउने गरी सक्रिय समुहलाई आवश्यक कानुनी कारवाही गरिने ब्यूरोले जानकारी दिएको छ ।

7260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका