जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सनराइज बैंकद्वारा कर तालिम सम्पन्न

सनराइज बैंकद्वारा कर तालिम सम्पन्न

सनराईज बैंक र नेपाल शैक्षिक परामर्श संघको संयुक्त आयोजनामा परामर्श केन्द्रका सम्पूर्ण सदस्यहरुलाई लक्षित गरी आधारभुत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम विश्वव्यापी महामारी कोभिड १९ का बाबजुद अनलाईन वेभनार मार्फत सोमबार सम्पन्न गरेको छ ।

कार्यक्रममा लेखा ज्ञान तथा नेपाल सरकारले आ.ब. २०७७/७८ को लागि बजेटमार्फत परिवर्तन गरिएका विभिन्न करका दरहरु, कर विवरण र कर दाखिला समयसिमाका बारेमा चार्टड एकाउन्टेण्ट तथा कर विज्ञ अरुण राउतले अनलाईन वेभनार मार्फत प्रदान गरेका थिए । शैक्षिक परामर्श व्यवसाय जस्तो सेवा प्रदान गर्ने व्यावसायले भोगेका लेखा तथा कर सम्बन्धी विभिन्न समस्याहरुको निदानको बारेमा राउतले प्रकाश पारेका थिए ।

कार्यक्रमलाई परामर्श केन्द्रका वर्तमान अध्यक्ष प्रकाश पाण्डे लगायत वरिष्ठ पदाधिकारीहरुद्वारा वेभनार मार्फत जोडिनु भएका धेरै सदस्यहरुले उठाउनु भएको लेखा तथा कर सम्बन्धी जिज्ञासाहरुको व्यवहारिक समाधानको बारेमा प्रकाश पारिएको थियो । साथै यस सम्बन्धि कार्यक्रमको भिडियो रेकर्ड युट्युव च्यानलमा राखि सबै सदस्य तथा सरोकारवालाहरुकोलाई लाभान्वीत बनाइने बैकले जनाएको छ ।सनराईज बैंकले विगतमा पनि देशका बिभिन्न ठाउँमा गएर आधारभुत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम दिदै आएकोमा यसपालि भने डिजिटल माध्यम बाट उक्त कार्यक्रम संचालन गरिएको हो

9630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?