जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुले घटाए सेयर धितो कर्जा

वाणिज्य बैंकहरुले घटाए सेयर धितो कर्जा

पछिल्लो समय वाणिज्य बैंकहरुले सेयर धितो कर्जा घटाएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकहरुको सेयर धितो कर्जा घटाएका हुन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिरसम्म वाणिज्य बैंकहरुको सेयर धितो कर्जा ९.७३ प्रतिशतले घटेको छ ।

गत असार मसान्तसम्ममा बैंकहरुले ६४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको वाणिज्य बैंकहरुले समिक्षा अवधिमा भने झण्डै १० प्रतिशत घटाएका हुन् । मंसिरसम्म बैंकहरुले ५८ अर्ब ७६ करोड ५० लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।

बैंकहरुले निरन्तर रुपमा सेयर धितो कर्जा घटाउँदै आएका छन् । नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि सेयर धितो कर्जा प्रवाह घटाउँदै गएका हुन् । निरन्तर रुपमा सेयर कर्जा घटाउँदै आएकोमा यस अवधिमा भने ३ वटा वाणिज्य बैंकले भने बढाएका छन् ।

एनएमबि बैंक, लक्ष्मी बैंक र एभरेष्ट बैंकले भने सेयर धितो कर्जा बढाएका हुन् । एनएमबि बैंकको २.८५ प्रतिशत बढेर १ अर्ब ४९ करोड २० लाख रुपैयाँ, लक्ष्मी बैंकको २.४६ प्रतिशत बढेर २ अर्ब १६ करोड १० लाख रुपैयाँ र एभरेष्ट बैंकको १.५८ प्रतिशत बढेर ७४ करोड ८० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।

मंसिरसम्म १८ वटा वाणिज्य बैंकको भने सेयर धितो कर्जा घटाएका छन् । यस अवधिमा सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको २७.३८ प्रतिशतले घटेको छ । साथै नेपाल बैंकको २३ प्रतिशत, एनआईसी एशिया बैंकको २० प्रतिशत, सनराइज बैंकको १६.१५ प्रतिशत, कुमारी बैंकको ११.६३ प्रतिशत, सिभिल बैंकको ११.५५ प्रतिशत, प्राइम बैंकको १०.३९ प्रतिशत र सानिमा बैंकको १०.१७ प्रतिशत मार्जिन नेचर लोन घटाएका हुन् ।

यस्तै, नबिल बैंकको ९.५१ प्रतिशत, सिद्धार्थ बैंकको ९.१८ प्रतिशत, सिटिजन्स बैंकको ८.९४ प्रतिशत, प्रभु बैंकको ७.७२ प्रतिशत, हिमालयन बैंकको ६.७१ प्रतिशत, ग्लोबल आइएमई बैंकको ६.०५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.३२ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.२९ प्रतिशत, नेपाल एसबिआई बैंकको ०.९४ प्रतिशत र कृषि विकास बैंकको ०.०९ प्रतिशत सेयर कर्जा घटाएका हुन् ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नबिल बैंकले ६ अर्ब ८९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ५५ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४२ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ र प्रभु बैंकले ४ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

यस्तै, सबैभन्दा कम नेपाल एसबिआई बैंकले ३ करोड २ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ७ करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब १७ करोड रुपैयाँ, हिमालयन बैंकले १ अर्ब २० करोड रुपैयाँ, एनआईसी एशिया बैंकले १ अर्ब ५३ करोड रुपैयाँ, सानिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ, सनराइज बैंकले १ अर्ब ५९ करोड रुपैयाँ र सिभिल बैंकले २ अर्ब ६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

यस्तै, प्राइम बैंकले ३ अर्ब १० करोड रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ५४ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ३ अर्ब ६८ करोड रुपैयाँ, सिजिन्स बैंकले ३ अर्ब ७१ करोड रुपैयाँ र कुमारी बैंकले ३ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

1190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका