जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य मोबाइल बैंकिङ प्रबर्द्धनमा सहभागी ९ जनाले जिते पुरस्कार

राष्ट्रिय वाणिज्य मोबाइल बैंकिङ प्रबर्द्धनमा सहभागी ९ जनाले जिते पुरस्कार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आरबीबी मोबाइल बैंकिङको प्रवद्र्धनमा सहभागी ७३ हजारमध्ये ९ जना विजयीहरुको नाम बुधबार एक समारोहबीच घोषणा गरिएको छ ।

सो समारोहमा नयाँ मोबाइल बैंकिङ प्रयोगकर्तामध्येबाट स्वर्णिम पौडेलले थाइल्याण्ड भ्रमणको कपल टुर (चार रात र ५ दिन) मेगा पुरस्कार प्याकेज जित्न सफल भएका छन् ।

यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्दिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी एमओ१ कोर ब्राण्डको एक एक थान मोबाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा आरबीबी मोबाइल बैंकिङ महामेला कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यसका लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । बैंकमा खाता खोली मोबाइल बैंकिङबाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।

 

5175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?