जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सानिमा रिलायन्सका उत्कृष्ठ ६ जना एजेन्सी म्यानेजर सिंगापुर प्रस्थान

सानिमा रिलायन्सका उत्कृष्ठ ६ जना एजेन्सी म्यानेजर सिंगापुर प्रस्थान

सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सबाट आर्थिक वर्ष २०७९/८० मा उत्कृस्ट जीवन बीमा व्यवसाय गरेर एमडीआरटी हासिल गर्न सफल ६ जना एजेन्सी म्यानेजरहरु सिंगापुरमा सञ्चालन हुने विस्वव्यापी सम्मेलनमा भाग लिन प्रस्थान गरेका छन् ।  सम्मेलनमा भाग लिनजानेमा अभिकर्ताहरु  नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेको कम्पनीले जनाएको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सम्पूर्ण एमडीआरटी हासिल गर्न सफल अभिकर्ताहरुलाई बिदाई समेत गरेको छ ।

एमडि आर टि भनेको अभिकर्ताहरुको विस्वव्यापी सञ्जाल हो जसमा भाग लिनको लागि जनवरीदेखि डिसेम्बरसम्म तोकिएको बीमा शुल्क संकलन गर्नुपर्ने सर्त रहेको थियो । यस संस्थामा हालसम्म ७२ देशका ५०० कम्पनी आबद्ध भएका छन् । बीमा अवधि र बीमाको किसिमलगायत विभिन्न मापदण्ड मार्फत उक्त रकम हासिल गर्न सफल भएपछि मात्र कार्यक्रममा भाग लिन पाउने व्यवस्था रहेको छ ।

सन् २०२२ का लागि नेपाललबाट एमडीआरटीमा भाग लिनको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नु पर्ने लक्ष्य रहेको थियो । सिओटीका लागि भने १ करोड १३ लाख ७६ हजार रुपैयाँ र टिओटीका लागि २ करोड २७ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नु पर्ने प्रावधान रहेको थियो ।

1340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?