जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अजोड इन्स्योरेन्सको ३ वर्षः १४७ करोड लगानी, ५८ करोड दाबी भूक्तानी

अजोड इन्स्योरेन्सको ३ वर्षः १४७ करोड लगानी, ५८ करोड दाबी भूक्तानी

अजोड इन्स्योरेन्स Ajod Insurance Company ले तेस्रो वार्षिकोत्सव मनाएको छ । कोरोना भाइरसको त्रास कायमै रहेको अवस्थामा सिमित व्यक्तिहरुको उपस्थितीमा स्वास्थ्य मापदण्ड पालना गर्दै कम्पनीले वार्षिकोत्सव मनाएको हो ।

प्रधान कार्यालयसहित सातै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय तथा २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरि जम्मा ४७ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र ७ वटा बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गर्दै आएको कम्पनीमा २६७ जना कर्मचारी कार्यरत छन् ।

कम्पनीले प्रदान गर्ने बीमा सेवालाइ छिटो छरितो भरपर्दो र स्तरीय बनाउदै लैजानका लागि Web base System र Computer Billing को व्यवस्था गर्नुका साथै दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त एवम् पारदर्शि बनाउने उदेश्यले Fast Track दावी भुक्तानी नीति अवलम्वन गरि २ लाख सम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ । कम्पनीले Integrated MIS System, Investment Software, Group SMS System, AJOD Chat board को शुरुवात गरि सकेको छ । त्यसैगरी Digital Payment Gateway का लागि कम्पनीले IME Pay, Prabhu Pay, NICASIA Phone Pay, Cell Pay, Khalti, e-Sewa , Pay well, Connect IPS आदि सेवाहरु समेतको शुरुवात गरिसकेको छ ।

चालु आ.ब.को मिति २०७८ असार २१ गतेसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब, लगानी १४७.३१ करोड र कुल दाबी भुक्तानी ५८.९७ करोड (कोरोना बीमा दाबी भुक्तानी १२.९७ करोड र अन्य बीमा दाबी भुक्तानी ४६ करोड ) रहेको छ ।

कम्पनीले प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्ने लक्ष्य अनुरुप आगामी दिनमा डिजिटल इन्स्योरेन्स पोलिसी जारी गर्ने प्रकृयामा रहेको छ ।

कोरना भाइरस ( कोभिड–१९) दोस्रो लहरको माहामारीको विषम परिस्थितिका वावजुत हालसम्म १ लाख २० हजार ७०६ बीमालेख जारी गरी १२०.८३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रधान कार्यालय सि.टि.सि. मल सुन्धारामा रक्तदान कार्यक्रम गरि वार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुकसमेत गरी ३५ जनाले रक्तदान गरेका छन् ।

2575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका