slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बुधबार, बैशाख २६, २०८१
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बिनाकाम हिँड्नेलाई हरेकपटक २०० रुपैयाँ जरिवाना

बिनाकाम हिँड्नेलाई हरेकपटक २०० रुपैयाँ जरिवाना

सरकारले निषेध गरेको समयमा कामबिना बाहिर हिंड्नेलाई हरेकपटक दुई सय रुपैयाँसम्म जरिवाना हुने भएको छ। यसका साथै मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पनि पटकैपिच्छे सय रुपैयाँ जरिवाना लाग्नेछ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी गरेको सूचनाले यस्तो जनाएको हो । जसमा मास्क नलगाउने व्यक्तिदेखि निषेधाज्ञाका दौरान लगाइएको नियम पालना नगर्ने दुई तथा चार पाङ्ग्रे सवारी साधनलाई पाँच हजार रुपैयाँसम्म जरिवाना गर्ने उल्लेख छ।

सूचनाअनुसार, मानिसको आवतजावत रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लंघन गरेर सार्वजनिक स्थलमा हिँड्नेलाई पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना गरिने भएको छ।

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ को संक्रमण नेपालमा पनि तीव्ररूपमा बढ्दै गएको भन्दै थप कडाइ गर्न लागिएको हो। सरकारले कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थितरूपमा संचालन गर्न अध्यादेश नै जारी गरेको छ। सोही अध्यादेशलाई प्रशासनले कार्यान्वयनमा ल्याएको हो। अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने र त्यसो गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

सूचनामा उल्लेख भएअनुसार अध्यादेशबमोजिम जारी भएको मापदण्डको पालना सबैले गर्नुपर्ने बताइएको छ। पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने जनाइएको छ। कुनै व्यक्तिले उक्त आदेश उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँच लाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुन सक्नेछ।

साथै, सवारी साधनको आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाउने पाइने छैन। चलाएमा पटकैपिच्छे दुई पाङग्रे सवारी साधन भए दुई हजार रुपैयाँ र अन्य सवारी साधन भए पाँच हजार रुपैयाँ तत्कालै सुरक्षाकर्मीले जरिवाना गर्नेछन्।

सवारीसाधनलाई सुरक्षाकर्मीले निश्चित समयसम्म नियन्त्रणमा समेत लिने सक्नेछन्। अध्यादेशविपरीतको काम गर्ने संस्था वा व्यवसायलाई उल्लेखित सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्मका लागि बन्द गर्न आदेश दिन सक्नेछ।

6805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका