जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • २० अर्बको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक

२० अर्बको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक

बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले फेरि बजारबाट तरलता प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकले मंगलबार रिभर्स रिपो जारी गरी २० अर्ब रुपैयाँ तान्न लागेको हो।

केन्द्रीय बैंकले एक साता अघि मात्रै ३० अर्बको रिभर्स रिपो जारी गरेको थियो। उक्त रिभर्स रिपो परिपक्क भएपछि सो रकम पुनः बैंकिङ्ग प्रणालीमा फर्किएको छ। यसले गर्दा बैंकहरुमा पुनः तरलता अधिक भएको छ भने अन्तरबैंक दर ३ प्रतिशतमा झरेको छ। यसले गर्दा तरलता सन्तुलन राख्न भन्दै केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ खिच्न लागेको हो।

अहिले बैंकहरुमा निक्षेप संकलन बढिरहेको छ तर कर्जा लगानी बढ्न सकेको छैन। कर्जा लगानी नबढ्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको अवस्था छ। अहिले एक बैंकले अर्को बैंकसँग लिने सापटी अर्थात अन्तरबैंक सापटीको ब्याजदर ३ प्रतिशतमा झरेको छ।
राष्ट्र बैंकले नीतिगत दरलाई ७ प्रतिशतमा राखेको भए पनि अन्तरबैंक निकै तल झरेको छ। नेपाल राष्ट्र बैंकले अन्तरबैंक र दर नीतिगत दरभन्दा २ प्रतिशत तल झरेमा बजारबाट तरलता प्रशोचन गर्ने जनाएको छ। केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै उक्त कुरा उल्लेख गरेको छ। सोहि अनुसार केन्द्रिय बैंकले बिहीबार बजारबाट तरलता तान्न लागेको हो। केन्द्रिय बैंकले ७ दिनको लागि उक्त रकम बैंकिङ्ग प्रणालीबाट खिच्न लागेको हो।

आर्थिक वर्षको अन्तिममा सरकारको खर्च पनि बढ्ने भएकोले बैंकहरुमा निक्षेप संकलन बढ्ने छ। तर कर्जा लगानी भने नभएकोले अझै तरलता बढ्दै जाने देखिएको छ। केन्द्रीय बैंकका अनुसार असार १७ गतेसम्ममा बैंकहरुको औसत सिडि रेशियो ८३.४७ प्रतिशतमा झरेको छ। सोहि दिन अन्तरबैंक ब्याजदर ३‍.४२ प्रतिशतमा झरेको छ।

 

570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका