जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • बूढानीलकण्ठ वडा २ का योजना तथा कार्यक्रमहरु ‘ईमेल’ मार्फत संकलन गरिने

बूढानीलकण्ठ वडा २ का योजना तथा कार्यक्रमहरु ‘ईमेल’ मार्फत संकलन गरिने

बूढानीलकण्ठ नगरपालिका वडा नं २ ले यस आर्थिक वर्ष २०७८/७९ को वडास्तरिय योजनातथा कार्यक्रमहरुको ईमेल मार्फत संकलन गरिने भएको छ।

बू.न.पा २ को वडा कार्यालयले वडाका टोल समिती, क्लव, संघ-संस्था, उपभोक्ता समिती, राजनितिक दल, बुद्धिजिवि, विज्ञ लगायतलाई वडाको ईमेल मार्फत आ-आफ्नो टोल, क्षेत्र, स्थानिय लगायतका लागि महत्वपूर्ण रहने योजना तथा कार्यक्रमहरु सहितको निवेदन पेश गर्न अनुरोध गरिएको छ। आफ्ना योजना तथा कार्यक्रमहरुको प्रस्ताव सहित २०७८ जेष्ठ २५ गतेसम्ममा वडा कार्यालयको bunapaward2@gmail.com मा पेश गर्न अनुरोध गरिएको छ।

कोरोना महामारीका कारण हालको परिस्थितिका कारण प्रत्येक वर्ष वडा समिति र क्लव, समिति तथा संघ-संस्था तथा अन्य सबै वडा वासीहरु सहितको उपस्थितिमा रहेर छलफल हुने गरेको योजना तथा कार्यक्रमहरु हाल सञ्चालन गर्ने अवस्था नरहेकोले डिजिटल माध्यमको प्रयोग गरि योजनाहरु संकलन गरिन लागिएको हो।

7590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका