जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने सरकारको निर्णय

बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने सरकारको निर्णय

सरकारले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने सरकारको निर्णय गरेको हो ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकिङ कसुर तथा सजाय ऐन संशोधन प्रक्रिया अघि बढाइने उल्लेख थियो ।

यस्तै मन्त्रिपरिषद बैठकले ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने पनि निर्णय गरेको छ । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

2995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?