जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नबिल बैंकले युनाइटेड फाइनान्स एक्वायर गर्न डाक्यो साधारणसभा

नबिल बैंकले युनाइटेड फाइनान्स एक्वायर गर्न डाक्यो साधारणसभा

नबिल बैंकले युनाइटेड फाइनान्स एक्वायर गर्न विषेश साधारणसभा डाकेको छ। युनाइटेडले पनि एकैदिन पारेर असार ५ गते सभा डाकेको छ।

गत वैशाख १७ गते दुवै संस्थाले प्राप्तिका लागि सम्झौता गरेका थिए। राष्ट्र बैंकले दुवैलाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ।

नबिलले युनाइटेडलाई १:०.३५ को स्वाप अनुपातमा प्राप्ति गर्न लागेको हो। अर्थात्, प्राप्तिपछि युनाइटेड फाइनान्सको सय कित्ता सेयरबराबर नबिलको ३५ कित्ता कायम हुनेछ।  यो प्रस्ताव पनि साधारणसभाले अनुमोदन गर्ने छ।

नबिल बैंकले पहिलोपटक संस्था प्राप्ति गर्न लागेको हो। नबिल र युनाइटेड दुवै विदेशी संयुक्त लगानीका वित्तीय संस्था हुन्।

नबिलमा ५० प्रतिशत लगानी विदेशी छ भने युनाइटेडमा भारतको मुथूट फाइनान्सको लगानी छ।

नबिलमा जस्तै युनाइटेडमा पनि चौधरी समूहको लगानी छ। युनाइटेडमा वसन्त चौधरीको लगानी छ।

7320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका